चुनावी अभियानमा होमियो कांग्रेस

चुनावी अभियानमा होमियो कांग्रेस

काठमाडौं: आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरू चुनावी अभियानमा व्यस्त देखिएका बेला कांग्रेसले सोमबारदेखि पार्टीगत तहबाटै प्रचारप्रसारलाई तीव्रता दिएको छ।

आइतबार नै पहिलो चरणमा निर्वाचन हुने जिल्लामा प्रतिनिधि खटाएको कांग्रेसले सोमबारदेखि काठमाडौंबाहिरको प्रमुख १० सहरबाट मिडिया सेन्टरसमेत सुरु गरेको छ । धनगढी, नेपालगन्ज, सुर्खेत, बुटवल, नारायणगढ, पोखरा, वीरगन्ज, जनकपुर, इटहरी र झापामा खोलिएको मिडिया सेन्टरको उद्घाटन सोमबार केन्द्रीय नेताले गरेका छन् । यी मिडिया सेन्टरले सम्बन्धित क्षेत्रको निर्वाचनसम्बन्धी सामग्रीलाई प्रचारप्रसारमा ल्याउनेछन् । कांग्रेसले काठमाडौंस्थित केन्द्रीय कार्यालयमा समेत यसअघि नै मिडिया सेन्टर सञ्चालनमा ल्याइसकेका थिए।

केही समयअघि मात्रै कांग्रेसले बालकृष्ण खाँणको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको थियो भने गगन थापाको संयोजकत्वमा प्रचारप्रसार समिति बनाएको थियो । निर्वाचन परिचालन समितिका संयोजक खाँणले पार्टी कार्यालयमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘कांग्रेसले पहिलो चरणका लागि खटाएका केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित क्षेत्रमा पुगिसकेको छ। उनीहरूले स्थानीय स्तरमा मतदातालाई मतदान गर्ने तरिकादेखि कांग्रेसको पक्षमा मतदान गर्न भोलिदेखि खट्दै हुनुहुन्छ।’

यसका साथै पहिलो चरणअन्तर्गत १० मंसिरमा हुने निर्वाचनका लागि पार्टी सभापतिसहितको शीर्ष नेताहरूको टोलीसमेत सम्बन्धित जिल्लामा पुग्न लागेको उनले बताए । पार्टी सभापति देउवाले गत शनिबार मात्रै १ नम्बर प्रदेशको ताप्लेजुङ, पाँचथर र सोलुखुम्बु पुगेर चुनावी सभालाई सम्बोधन गरेका थिए।

मंगलबार प्रधानमन्त्री तथा सभापति देउवा नेपालगन्ज जाँदै छन् भने बुधबार धनगढी जाने कार्यक्रम तय भएको कांग्रेसको प्रचारप्रसार समितिले जनाएको छ । त्यसैगरी, ३० गते देउवा आफ्नो गृहजिल्ला डडेलधुरा जानेछन् भने १ गते दार्चुला, बैतडी २ गते बझाङ, बाजुरा गएर चुनावीसभालाई सम्बोधन गर्नेछन् । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार २ गते पछिको कार्यक्रम अहिले बनेको छैन।

पौडेलका अनुसार शीर्ष नेताहरूको चुनावीसभासँगै केन्द्रबाट खटेका प्रतिनिधिले जिल्ला तहमा पार्टीभित्र देखिएको मतभेददेखि स्थानीय तहको प्रचारप्रसारसम्मको कार्यक्रम बनाउनेछन् । पहिलो चरणको निर्वाचनका लागि आइतबार कांग्रेसले केन्द्रबाट ३२ जना केन्द्रीय प्रतिनिधिसमेत खटाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.