राप्रपा राष्ट्रवादीको 'पृथ्वीपथ'

राप्रपा राष्ट्रवादीको 'पृथ्वीपथ'

काठमाडौं: एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)ले आफ्नो चिन्तन र कार्यक्रमलाई पृथ्वीपथ नामकरण गरेको छ। राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सोमबार जारी गरेको ४५ पृष्ठ लामो चुनावी घोषणापत्रमा सो कुरा उल्लेख गरिएको छ।

पार्टीले राजनीतिक प्रणालीतर्फ नेपालको वैदिक सनातन हिन्दु राष्ट्रको पहिचान बहुलवादी प्रजातन्त्र र संवैधानिक राजतन्त्रलाई राजनीतिक प्रणालीका रूपमा आत्मसात् गरेको डा. लोहनीले बताए।

शासकीय स्वरूपतर्फ संवैधानिक राजतन्त्र र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रहने र केन्द्रमा दुई सदनात्मक व्यवस्थापिकाको पक्षमा राप्रपा (राष्ट्रवादी) रहेको घोषणापत्रमा उल्लेख छ। राष्ट्रवादीले केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकार गरी शासकीय स्वरुपमा तीन तहका सरकारको संरचनालाई स्वीकार गरेको छ।

राज्यको पुनःसंरचनातर्फ राप्रपा (राष्ट्रवादी)ले जनतालाई राज्य शक्ति हस्तान्तरण गर्ने अवधारणाअनुरूप राज्यको पुनःसंरचनालाई अंगीकार गरेको हो। सामथ्र्य, पहिचान, भूगोल र ऐतिहासिक पृष्ठभूमिलाई संघीय संरचनाको आधार मानेको छ। राज्य संरचनाको नाममा केन्द्र कमजोर गर्ने चिन्तनले देशको हित नहुने धारणा राप्रपा (राष्ट्रवादी)को छ।

रणनीतिमा समावेशी प्रजातान्त्रिक दर्शनमा अडेको राष्ट्रियता अर्थात् समावेशी प्रजातान्त्रिक राष्ट्रवादको दर्शन रहेको छ। अवसरको समानता, सामाजिक न्याय, लैंगिक समानता र प्रगतिशील उदारवादको जगमा नेपालमा बस्ने सबै नेपालीको आर्थिक सम्पन्नता, पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन हिन्दु राष्ट्रको पहिचान रहेको छ।

आपसि हित सन्तुलन र राष्ट्रिय स्वाभिमानमा अडेको परराष्ट्र नीति, राष्ट्रिय एकताको पक्षमा संवैधानिक राजतन्त्र, स्थानीय तहमा राज्य शक्तिको हस्तान्तरण वा स्वायत्त संघीय शासन प्रणाली, उपेक्षित वर्गको प्रतिनिधित्व अनिवार्य व्यवस्था चुनावी घोषणापत्रमा रहेको छ।

राजतीतिक र नागरिक हकका साथै आर्थिक, सामाजिक र सांस्कृतिक हक अधिकारको सुनिश्चितता, राष्ट्रिय उद्यमलाई प्रोत्साहित गर्ने प्रगतिशील उदार आर्थिक व्यवस्था, भ्रष्टाचार र सामन्ती प्रवृत्तिको उन्मूलन, भूमिहीन किसान, साना किसान, मजदुर, विपन्न तथा पिछडिएका महिला तथा उत्पीडित वर्गमा केन्द्रित विशेष आर्थिक नीति र व्यवस्था रहेको छ।

घोषणापत्रमा गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको सबै नेपालीलाई व्यवस्था, विदेश जान नपर्ने गरी नेपालभित्रै रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता राप्रपा राष्ट्रवादीले गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.