पूर्वमन्त्री शेरधन राईको गाडीमा बम आक्रमण, सुरक्षागार्ड असई घाइते

पूर्वमन्त्री शेरधन राईको गाडीमा बम आक्रमण, सुरक्षागार्ड असई घाइते

भोजपुर : पूर्व सुचना तथा सञ्चारमन्त्री तथा एमाले नेता शेरधन राईको गाडीमाथि बम र गोली प्रहार भएको छ । भोजपुर सदरमुकामदेखि टेम्केमैयुँ गाउँपालिकाको कोटतर्फ चुनावी सभामा जाँदै गर्दा बिहान १० बजे टेम्केमैयुँ गाउँपालिका-६ गुम्बामा राई सवार बा १५ च ५६०८ नम्बरको वनटेन गाडीमा बम प्रहार भएको हो । तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिले राईको गाडीमाथि बम र गोली प्रहार गरेको शेरधन राइले बताएका छन् । 

बमबाट राईको सुरक्षामा खटिएका असई डिल्लीबहादुर देवकोटाको दाहिने हातमा चोट लागेको र गाडीको अगाडीको भाग क्षति भएको राइले बताएका छन्।

आक्रमणपछि राइका सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक डिल्ली देवकोटाले पनि २१ राउण्ड जवाफी फायर गरेको र राई, उनको साथमा रहेका कार्यकर्ता सकुशल रहेको रार्इले बताए । 

भोजपुर प्रदेशसभा क्षेत्र नं २ का वाम गठबन्धनका उम्मेदवार राईले निर्वाचनमा आफूले जित्ने निश्चित भएको र यसलाई रोक्नका लागि प्रतिद्वन्द्वीहरुले ज्यान मार्ने षडयन्त्र गरेको आरोप लगाए । सरकार सुरक्षमा संवेदनशील नभएको राईले बताए ।  

 जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रहरी निरीक्षक गितनारायण चौधरीले आक्रमण गर्ने समूहको पह्चिान नभएको र प्रहरीको टोली घटनास्थल खटाइएको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.