१०४ वर्षीया मरणीदेवी भन्छिन्ः नागरिकता दिनेलाई भोट

१०४ वर्षीया मरणीदेवी भन्छिन्ः नागरिकता दिनेलाई भोट

बर्दिबास: बर्दिबासको एकीकृत नमूना मुसहर बस्तीमा एक सय चार बर्षीया मरणीदेवी सदा (मुसहर) घर अगाडि कात्तिाके घाम तापेर आँगनमा नातिनातिनासँग रमाउँदै थिइन्। जिल्लाको क्षेत्र नं. १ का कांग्रेसका प्रतिनिधिसभाका सीताराम भण्डारी र प्रदेशसभा सदस्यका उम्मेदवार प्रह्लाद क्षेत्रीले दुई हात जोड्दैं भने, ‘दैयामैया यसपालि गाछी छापमा भोट हाल्नु।'

मरणलीले हाँस्दै सोधिन,‘तपाईहरु को हुनुहुन्छ ? मैले चिनेन? ' दुवैले उम्मेदवारको परिचय दिएपछि मरणीले आँगनमै बस्न भनेर दुःख बिसाउन थालिन।
सन्तानले नागरिकता नपाएको कुरा सम्झिँदा उनी भक्कानिन्।‘भोट चाहिए, गाउँभरीकालाई नागरिकता दिलाउनुस्', उनी माग थप्दै गइन, ‘विद्युवाभत्ताा हामीलाई घरमा पठाइयोस्। अनि मात्र भोट दिन्छौं।' उनका दुई छोरामध्ये वीरवलको दुई वर्षअघि मृत्यु भएको सम्झिएर उनका आँखा रसाए।

२५ मिनेट लामो कुराकानीमा विगतमा भोट माग्न आउनेले केही नगरेको गुनासो पनि गरिन्। उनले भनिन््,‘नेता जीहरुलाई भोट धेरै दिएँ । तर, खोइ केही गरेनन् हाम्रा लागि ? '

भण्डारी र क्षेत्रीले पनि रेडिमेड जवाफ दिए, ‘गाछी छापमा भोट दिनुस्। हामी जित्छौं। तपार्इंको माग पूरा गर्छौ । मतदान गर्ने दिन लान गाडी लिएर लिन आउँछौं।' उनीहरु मरणीको आर्शिवाद लिएर बाटो लागे।

बर्दिबासमा चार पुस्तादेखि बसोवास गर्दै आएका अधिकांश मुसहरसँग नागरिकता छैन् । दुई सय ७० जनाको बसोबास रहेको मुसहर बस्तीमा ४० वर्षमाथिका ५९ जना मात्र मतदाता छन्।

रोग, भोक, शोकले चार पुस्तादेखि पीडित बनेका बर्दिबासमा ५५ घरपरिवार मुसहरको लागि धुर्मस–सुन्तली फाउण्डेसनले झण्डै ७ करोडको लागतमा नमूना मुसहर बस्ती बनाएको छ। नागरिकता नभएका कारण बस्तीका युवा वैदेशिक रोजगारीमा जानबाट बञ्चित छन् । बाआमासँग नागरिकता नहुँदा सन्तान पनि नागरिकताविहीन छन्। ३५ बर्षीया महावत्तिा सदा भन्छिन्, ‘भोट माग्न सबै आउँछ । नागरिकता बनाइदिन कोही आउँदैनन्। नागरिकता नभएपछि भोट कसरी हाल्नु ? भोट खसाल्न मतदाता परिचयपत्र चाहिन्छ। मतदाता परिचयपत्र नागरिकता न भए बन्दैन्।'

बस्तीका १९ वर्षीय मञ्जय सदा स्नातक पहिलो बर्षमा पढ्छन्। तर, उनको नागरिकता छैन। ‘पढेर जागिर खाने सोच छ । बुवाको जन्मको आधारमा नागरिकता छ। दाइको नागरिकता बन्यो। मेरो नबन्ने रे, नेपालको कस्तो कानुन ? ', उनी भन्छन्, ‘पढेर पनि के गर्नु ? नागरिकता छैन्। कसरी जागिर खाने ? ' एकीकृत नमुना मुसहर बस्तीका अध्यक्ष विल्टु पनि ‘नागरिकता बनाइदिनेलाई मुसहरहरुले भोट दिने' बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.