एम्बुसबाट जोगिए एमाले–माओवादी उम्मेदवार
काठमाडौं : संखुवासभा प्रतिनिधिसभा उम्मेदवार एमाले नेता राजेन्द्र गौतम र प्रदेशसभाका उम्मेदवार माओवादी नेता पूर्णप्रसाद राई विद्युतीय धरापबाट जोगिएको छ । संखुवासभाको धुपुदेउरालीमा
निर्वाचन अभियानमा जानेक्रममा मंगलबार बिहान ११: ०० बजे विद्युतीय धराप विस्फोटन भएको एमालेका संखुवासभा सचिव खड्ग राईले अन्नपुर्ण पोस्ट्लाई बताए । उम्मेदवार गौतम र राई सकुशल रहेको उनको भनाई छ ।
एमालेका नेता लेखनाथ बुढाथोकी, सन्तोष चापागाई लगायत सय बढी कार्यकर्ता उम्मेदवारको साथमा रहेको थियो । अज्ञात समुहबाट प्रहार भएको धराप विप्लप माओवादीले राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।