उम्मेदवारमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री

उम्मेदवारमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री

नेपालगन्ज : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनका बेला उम्मेदवारमाथि भइरहेका आक्रमणका दोषीलाई कडा कारवाही हुने बताएका छन् । ठाउँठाउँमा भइरहेका आक्रमण तथा चुनाव विथोल्ने क्रियाकलापलाई सरकार तथा गृहमन्त्रालयले समेत गम्भीर रुपमा हेरिरहेको भन्दै उनले ती घटनामा संलग्नलाई कारबाही हुने बताए ।

पश्चिमका जिल्लामा चुनावी कार्यक्रममा भाग लिन निस्किएका प्रधानमन्त्री देउवाले मंगलबार नेपालगन्ज विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै यस्तो बताएका हुन् ।
‘छिटफुट घटनाहरु भइरहेका छन् तर, सरकारले चुनाव सुरक्षित र भयरहित बनाउनका लागि लागिपरेको छ’ प्रधानमन्त्री देउवाले भने ‘त्यस्ता घटनामा संलग्नलाई कारबाहीका लागि गृहमन्त्रालय अनि सरकारले सबै सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ ।’

नेपालगन्जमा मंगलबार भएका मध्यपश्चिम सुरक्षा गोष्ठीलाई समेत उनले सम्बोधन गरेका छन् । त्यसक्रममा प्रहरी महानिरीक्षक (आइजीपी) प्रकाश अर्याल पनि सहभागी थिए ।

कार्यक्रम सबै सुरक्षा अंगका प्रमुखलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा गृहमन्त्री देउवाले निर्वाचनलाई भयरहित र सुरक्षित बनाउन निर्देशन दिए । ‘चुनाव नजिकिइरहेको छ, चुनाव विरोधी अवाञ्छित गतिविधिहरु पनि भइरहेका छन्, त्यस्ता क्रियाकलापलाई तुरन्त रोक्नुहोस् र कारबाही गर्नुहोस्’ प्रधानमन्त्री देउवाले भने ‘सरकार यो चुनाव भयरहित, शान्त र सुरक्षित चाहन्छ, त्यहीअनुरुप तपाईँहरु पनि मतदाता, उम्मेदवार र चुनावी सुरक्षामा खटिनुहोस् ।’

प्रधानमन्त्री देउवा आफ्नो गृहजिल्ला तथा निर्वाचन क्षेत्र डलेलधुरालगायतका जिल्लामा हुने चुनावी अभियानमा सहभागी हुन पश्चिम नेपालको भ्रमणमा निस्किएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.