सोसल मिडियाबाट सोध्नुहोस् नेताज्यूलाई प्रश्न
काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कले प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरी सोसल मिडिया अभियान सुरु गरेको छ। मतदाता र उम्मेदवारहरूबीच अन्तर्क्रिया गराई दलका सम्बन्धित नेताहरूलाई जवाफदेही बनाउन अन्नपूर्ण मिडिया नेटवर्कले अभियान थालेको हो। फेसबुक र ट्वीटरमा तपाईँ आफूले चाहेका उम्मेदवारलाई प्रश्न गर्न सक्नुहुनेछ।
कसरी सहभागी हुने?
फेसबुक र ट्वीटरमा #AskNetajyu ह्यासट्याग प्रयोग गरी तपाईँ आफूले चाहेको उम्मेदवारलाई प्रश्न सोध्न सक्नुहुनेछ। तपाईँका प्रश्नको जवाफ सम्बन्धित नेताहरूले दिनेछन्। तपाईंले सोधेका प्रश्नको जवाफ हामी सम्बन्धित नेताबाट माग्ने छौँ।
अन्नपूर्ण पोस्ट् दैनिक, अन्नपूर्ण पोस्ट् डट कम, एपी वन टेलिभिजन र रेडियो अन्नपूर्ण नेपालले मतदाता र उम्मेदवारबीचको अन्तर्क्रियालाई संयुक्त रुपमा सहजीकरण गर्नेछन्।