समाजवाद लक्ष्य, साम्यवाद परिकल्पना : ओली

समाजवाद लक्ष्य, साम्यवाद परिकल्पना : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले समाजवाद वाम गठबन्धनको लक्ष्य र साम्यवाद परिकल्पना भएको बताएका छन् । ‘निर्वाचनपछि एमाले र माओवादीको एकता हुन्छ,’ काठमाडौंका उम्मेदवारको परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, ‘समाजवाद हाम्रो लक्ष्य हो भने साम्यवाद परिकल्पना हो ।’ कांग्रेसले वाम गठबन्धनबारे भ्रम फिजाउन खोजेपनि जनता त्यस्तो भ्रमबाट विचलित नहुने उनले विश्वास व्यक्त गरे ।

ओलीले कांग्रेससँग कुनै पनि विचार नभएकाले तानाशाही अधिनायकवादको भ्रम फैलाउन खोजेको आरोप लगाए । ‘हामी लोकतन्त्रको पक्षमा छौं, लोकतन्त्रका लागि कांग्रेसबाट आइएसओ प्रामाणपत्र लिनुपर्ने भ्रम नपाले हुन्छ’, उनले भने । कांग्रेस र विप्लवबीच कुनै पनि फरक नभएको उनको भनाइ छ । शान्ति सुरक्षा खतरामा परेको भन्दै उनले त्यसतर्फ सजग हुन सरकारको ध्यानाकर्षण गराए ।

Image may contain: 7 people, people standing

कांग्रेसले सरकारमा बसेर ब्रह्मलुट गरेको आरोप समेत ओलीको छ । ‘निर्वाचनपछि बन्ने सरकारले अहिलेको सरकारले गरेका निर्णय उल्टाउन सक्छ, हेक्का रहोस्’ उनले भने, ‘कांग्रेसका कुरा नसुनिकन एकताबद्व भएर चुनावी अभियानमा लाग्नुहोस् ।’

ओलीले गठबन्धन संमृद्व नेपाल निर्माणका लागि स्पष्ट नीति र लक्ष्यका साथ अघि बढ्ने बताए । उनले संमृद्व नेपाल निर्माणका लागि नै एमाले, माओवादी मिलेको बताए । सामाजिक सद्भाव र राष्ट्रिय एकताका साथ समृद्ध नेपाल निर्माणको अभियानमा होमिएको उनले बताए ।

कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता एवम् काठमाडौं क्षेत्र नम्बर २ का उम्मेदवार माधवकुमार नेपालले काठमाडौंका १० क्षेत्र कम्युनिस्टको किल्ला बन्ने विश्वास व्यक्त गरे । नेपालले अब बन्ने सरकारले आत्मनिर्भर अर्थतन्त्र, व्यापारघाटा कम गर्न ध्यान दिने दाबी गरे ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.