देउवाले चितवनमा हलो बोकेर गल्ती गर्नुभो : प्रचण्ड

देउवाले चितवनमा हलो बोकेर गल्ती गर्नुभो : प्रचण्ड

काठमाडौं : चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा हलो बोके कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गल्ती गरेको बताएका छन्। मंगलबार चितवनको विकासका लागि प्रतिबद्धता सार्वजनिक समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बनाएका हुन्।

‘गिरिजाबाबुले जाँदाजाँदै शान्ति प्रक्रियालाई टुंग्याउने र देश बनाउने जिम्मा तपाईंलाई छोडेर जाँदै छु भनेर भनेको कुरा कांग्रेसका नेताले सुन्नु भएको छ। शान्ति प्रक्रियाको हस्ताक्षरकर्ताको नाताले म चुनाव लड्दा समर्थन गरेको भए कांग्रेसकै हाइट बढ्थ्यो’, प्रचण्डले भने, ‘शेरबहादुरजीलाई प्रधानमन्त्री हुने बाटो खेलेर गुन लगाए। उहाँले त्यो गुन लगाउँदा राजनेता भन्नुभएको थियो। तर, उहाँले गुन तिर्नु भएन। राजनेताको स्थान पनि दिनु भएन। उहाँले त हलो बोकेर हिड्नुभयो।’
प्रचण्डले आफू प्रधानमन्त्री रहनसक्ने अवस्था हुँदा हुँदै आफूले देउवालाई छोडिदिएको तर, त्यो कुरालाई अहिले कांग्रेसले बिर्सिएको गुनासो समेत गरे।

सँगै प्रचण्डले सरकारले बुढीगण्डकी आयोजना खारेज गर्ने निर्णय गरेर ठूलो गल्ती गरेको बताएका छन्। प्रचण्डले चितवनको समग्र विकासलाई केन्द्रित गरेर तयार पारेको चितवनको विकासका लागि प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेका छन्।

चितवनको विकासका लागि प्रचण्डको प्रतिबद्धतापत्र (पूर्णपाठ)


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.