हेवीवेटलाई ‘हेवी’ चुनाैती

हेवीवेटलाई ‘हेवी’ चुनाैती

नुवाकोट : नुवाकोटबाट पटक—पटक चुनाव जितेका उम्मेदवारलाई यस पटक चुनौति देखिएको छ । बाम गठबन्धन बनेकाले पहिलेको विरासत जोगाउन खासगरी कांग्रेस उम्मेदवारलाई कठिन देखिएको छ । ०५१, ०५६ ०६४ र ०७० साल गरी चार पटक नुवाकोटबाट सांसद् बनेका डा. रामशरण महत पहिलेभन्दा अहिले निर्वाचनको प्रचार प्रसारमा बढी कसिनु परेको छ । नुवाकोट क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. महत छ पटक अर्थ मन्त्री र एक पटक पराराष्ट्र मन्त्रीको जिम्मेवारी समालीसकेका व्यक्ति हुन् ।

उम्मेदवार छनोट ढिलो भएकाले प्रचारका लागि समय कम भएको तथा बाम गठबन्धन मिलेर लागेका कारण निर्वाचन आफ्नो पक्षमा पार्न सहज नभएको डा. महत स्वीकार्छन । पार्टीमा दिएको योगदान तथा विकासका लागी धेरै काम गरेकाले मतदाताले आफूलाई भोट दिने उनको दावी छ । ‘मतदाताले लोकप्रियता र विकासका काममा पुर्‍याएको योगदान हेर्छन् । स्थानिय तहको मतलाई मात्रै आधार बनाएर प्रतिनिधी सभा चुनावका लागि आँकलन गरिनु गलत हुने छ’, डा. महतले भने ।

नुवाकोटमा स्थानिय तहमा कांग्रेसले सात र नेकपा एमालेले दुई नगरपालिकासहित तीन स्थानमा र माओवादीले दुई स्थानमा विजय हासिल गरेको थियो । क्षेत्र नं. १ बाट प्रतिस्पर्धामा उत्रिएका अर्का कांग्रेस नेता अर्जुन नरसिंह केशी पनि निर्वाचन प्रचारमा राम्रै सँग खटिएका छन् । स्थानिय विकासका मुद्धादेखि राष्ट्रिय राजनीतिका मुद्धा लिएर घरदैलो गरिरहेका उनी बाम गठबन्धनका कारण यस पटकको निर्वाचन बढी प्रतिस्पर्धात्मक बनेको स्विकार्छन् । क्षेत्र नं. १ मा केशीसंग एमालेका नारायण खतिवडा प्रतिस्पर्धामा उत्रिएका छन् ।

०६४ सालको संविधान सभा निर्वाचनमा कांग्रेसले एक स्थान र माओवादी दुई स्थानमा विजयी भएको थियो भने ०७० सालमा तीन वटै क्षेत्रमा कांग्रेसले जितेको थियो । नुवाकोटबाट ०७० सालको संविधान सभामा नेपाली कांग्रेसले ४७ हजार दुई सय ६९, नेकपा एमाले १७ हजार आठ सय ३६ र माओवादीले २६ हजार नौ सय २९ मत प्राप्त गरेको थियो ।

वाम गठबन्धनका कारण यसपटकको विर्नाचन बढी प्रतिष्पर्धात्मक बनेको छ । 

नुवाकोटबाट एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकासचन्द्र लोहनी समानुपातिक उम्मेदवार बनेका छन् । उनको समेत प्रभाव रहेको जिल्ला भएकाले मत विभाजित हुने निश्चित छ । डा. लोहनीले करीब ६ महिना अगाडिमात्र राप्रपासँग छुटिएर राप्रपा (राष्ट्रवादी) गठन गरेका हुन । यो क्षेत्रमा मतदाताहरु नेताको इमान्दारिता र नैतिकताको पनि परीक्षण गरिरहेका छन् । नुवाकोटमा स्थानिय तहको निर्वाचनपछि २२ हजार तीनसय ९२ मतदाता थपिएका छन ।

नयाँ मतदाताले शैक्षिक वेरोजगारी तथा विकासका मुद्धा उठाउनेलाई भोट दिन चाहेको देखिन्छ । युवा उम्मेदवार नएकाले ती भोट दुई पार्टी बाहेक अरुमा खासै नजाने त्रिशुली बहुमुखी क्याम्पसका प्राध्यापक रामबहादुर थापाको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.