सिन्धुपाल्चोक-२ प्रदेशसभामा रोचक भिडन्त

सिन्धुपाल्चोक-२ प्रदेशसभामा रोचक भिडन्त

सिन्धुपाल्चोकजिल्लाको दुवै प्रदेशसभाको चुनाव रोचक बनेको छ । कांग्रेस र राप्रपा प्रजातान्त्रिकको लोकतान्त्रिक गठबन्धन तथा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले दुवै क्षेत्रमा युवा उम्मेदवारलाई अघि सारेका कारण चुनावी प्रतिस्पर्धा अझ रोचक बनेको हो ।

दुवै गठबन्धनमा प्रदेशसभा सदस्यको उम्मेदवारी भने कांग्रेस र माओवादी केन्द्रको भागमा मात्र परेको छ । लोकतान्त्रिक गठबन्धनले प्रदेश ‘क’ मा विकास तामाङ र ‘ख’ मा नीमा लामालाई चुनावी मैदानमा उतारेको छ । दुवै कांग्रेसका युवा नेता हुन् । वाम गठबन्धनबाट युवराज दुलाल र दावा तामाङ प्रतिस्पर्धामा होमिएका छन् । दावा २०६४ सालको संविधानसभामा माओवादीबाट सभासद् बनेका थिए भने दुलाल पूर्वलडाकु हुन् । पूर्वसभासद् दावावाहेक बाँकी तीनै जना चुनावी प्रतिस्पर्धाको पहिलो अनुभव हासिल गर्दैछन् ।

पूर्वसभासद् दावा र पूर्वलडाकु दुलाललाई कांग्रेसका उम्मेदवारद्वय विकास र नीमाले कडा टक्कर दिने स्थानीयहरु बताउँछन् । स्थानीय चुनावमा वाम गठबन्धनको बढी मत रहेको दुवै प्रदेशमा लोकप्रिय मत तान्न सक्ने अपेक्षाले कांग्रेसले युवा उम्मेदवारलाई मैदानमा उतारेको चर्चा छ । राप्रपाको पुरानो गढसमेत समेटिएको यो क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले राप्रपा प्रजातान्त्रिकका पशुपति शम्शेर राणालाई प्रतिनिधिसभा सदस्यमा अघि सारेको छ । राष्ट्रिय पञ्चायतको चार निर्वाचन यसै जिल्लाबाट जितेका राणाले ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा साविकको क्षेत्र नं. ३ बाट जितेका थिए । राणालाई टक्कर दिन अघिल्लो संविधानसभामा उनलाई नै पराजित गर्ने शेरबहादुर तामाङ मैदानमा छन् । साविकको क्षेत्र नं ३ को सबै र २ को आधा भूगोल यो क्षेत्रमा गाभिएको छ ।

साविकको क्षेत्र नं. ३ को राजनीति गर्दै आएका दुवै उम्मेदवार २ बाट गाभिएको क्षेत्रका मतदाताको मत तान्ने प्रयासमा छन् ।हेलम्बु, पाँचपोखरी गाउँपालिका र मेलम्ची नगरपालिकाका १० वटा वडा समेटिएको प्रदेश (ख) जनजातिको बाहुल्यता रहेको क्षेत्र हो । माओवादी केन्द्रका दावा र कांग्रेसका नीमा जनजाति ‘सेन्टिमेन्ट’ तानेर चुनाव जित्ने रणनीतिमा छन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले हेलम्बु तथा एमालेले पाँचपोखरीसहित मेलम्ची नगरपालिका जितेका थिए । स्थानीय तहको वाम मत जोगाएर चुनाव जित्ने दावाको रणनीतिलाई गठबन्धनप्रति असन्तुष्टको मत तानेर चुनौती दिने सोचमा नीमा देखिन्छिन् ।

प्रदेश ‘क’ का वामउम्मेदवार युवराज एमालेको मतले सजिलो जित निकाल्ने दाउमा रहँदा विकास वाम गठबन्धनको असन्तुष्ट कार्यकर्ता तानेर बाजी मार्ने रणनीतिमा छन् ।यो प्रदेशमा मेलम्ची नपाको तीनवटा वडा, इन्द्रावती गाउँपालिका र चौतारा-साँगाचोकगढी नगरपालिकाका नौवटा वडा समेटिएका छन् । स्थानीय चुनावमा कांग्रेसले इन्द्रावती जित्दा मेलम्ची एमाले र चौतारा माओवादी केन्द्रले जितेको थियो ।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा (क) र (ख) दुवै प्रदेशमा वाम गठबन्धन बलियो छ । वाम गठबन्धनसँग २१ हजार २६ मत छ भने लोकतान्त्रिक गठबन्धनसँग १२ हजार ३ सय ३१ मत देखिन्छ । स्थानीय तहको मतकै आधारमा प्रदेशसभा (ख)मा भने दुवै गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । एक हजार छ सय २७ मतले मात्र वाम गठबन्धन अगाडि छ । वाम गठबन्धनसँग १९ हजार ७ सय ७२ र लोकतान्त्रिक गठबन्धनसँग १८ हजार १ सय २५ मत छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.