'समाज परिवर्तन मेरो पहिलो लक्ष्य हो'
काठमाडौ : काठमाडौ क्षेत्र नं ९ ‘क’ का प्रदेश सभाका उम्मेदवार डा अजयक्रान्ति शाक्य मतदाताको विश्वास जित्ने प्रयासमा लागेका छन् । मंसिर २१ गते हुने निर्वाचनका लागि उनले घरदैलो कार्यक्रमलाई व्यापक बनाएका छन् ।
सर्बसाधारण जनताको काखैमा हुर्केका, सबैको पीर मर्कालाई आफ्नो पीरमर्का झै ठान्ने स्वाभावका शाक्यप्रति मतदाता आकर्षित छन् । उनी चुनावअघि पनि हरेक कुनाकाप्चा रहेका जनतासँग भिजेका शाक्यलाई मतदान गर्न सर्वसाधारण आतुर भएका छन् ।
शाक्य गीत संगीतदेखि मिडिया सञ्चालक, ठूला उद्योगी व्यवसायी लगायत राजनीतिक्षेत्रमा उत्तिकै दख्खल भएका व्यक्ति हुन् । अन्याय र अत्याचारको विरुद्ध अद्भूत क्रान्ति ल्याउने र देशलाई नौलो युगमा प्रवेश गराउँने उनले सोच बनाएका छन् ।
शाक्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कालमा विज्ञान, प्रविधि, सामाजिक, साँस्कृतिक तथा विकास सल्लाहकारको सफलतापूर्वक जिम्मेवारी सम्हालेका थिए । ‘ समाज परिवर्तन र यहाँका जनताको भविष्य निर्माणको निम्ति कुनै कसर पनि बाँकी राख्ने छैन्’ उनी भन्छन् ।