सचिव सरुवामा मनपरी

सचिव सरुवामा मनपरी

काठमाडौ : सरकारले अन्यायपुर्ण रुपमा केही सचिवको सरुवा र हेरफेर गरेको छ। जर्मनीको वर्नमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी महासन्धीको २३ औ पक्ष राष्ट्रको सम्मेलनमा नेपालकोतर्फबाट प्रतिनिधित्व जनाइरहेका जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीलाई सरकारले अन्यायपुर्वक रुपमा सरुवा गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ओली लगायत अन्य केही सचिवहरुको मनपर्दी सरुवा गरेको हो। ओलीलाई जर्मनीमा नै भएको बेला वातावरण मन्त्रालयबाट पशुपंक्षी विकास मन्त्रालयमा सरुवा गरिएको छ भने पशुपंक्षी विकास मन्त्रालयका सचिव प्रकाश माथेमालाई जनसंख्या तथा वातावरण मन्त्रालयमा सरुवा गरिएको छ।
जर्मनीमा नेपालको तर्फबाट भाग लिइरहेका सचिव ओलीले आफूलाई नेपालको तर्फवाट भाग लिइरहेको बेला अकस्मात मन्त्रालयवाट अन्यत्र सरुवा गर्नु दुखद भएको बताए। ‘कमसेकम म नेपाल फर्किएपछि सरुवा गरेको भए हुन्थ्यो नेपालको तर्फवाट अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिदै गर्दा वातावरण मन्त्रालयबाट हटाउनु अन्यायपुर्ण हो।' जर्मनीमा रहेका ओलीले मंगलबार साँझ टेलिफोनमा अन्नपुर्णसँग भने। ओली स्वस्छ छवी भएका सचिवको रुपमा परिचित छन्।

मन्त्रिपरिषद् बैठकले दुई महिना पनि नपुग्दै आपुर्ती मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई पनि अन्यापूर्वक हटाएको छ। देवकोटालाई दुई महिना अघि मात्रै सरकारले भूमिसुधार तथा व्यवस्था मन्त्रालयबाट आपुर्ती मन्त्रालयमा सरुवा गरेको थियो। आपूर्ती मन्त्रालयमा व्यापक सुधारको प्रयासको थालनी गर्दै गर्दा उनको सरुवा भएको हो। यस अघि देवकोटाले भूमिसुधार मन्त्रालयमा रहदा पनि सुधारको अभियान थालेका थिए। आपूर्तीमा दुई महिना पनि काम गर्न नपाएका देवकोटालाई हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ।

आपुर्ति मन्त्रालयमा क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका क्षेत्रीय प्रशासक अनिल कुमार ठाकुरलाई लगिएको छ। यसैगरी मन्त्रिपरिषद् बैठकले जल तथा उर्जा आयोगका सचिव मधुसुदन अधिकारीलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको सचिवमा सरुवा गरेको छ। अधिकारी केही समय अघि मात्रै पुर्ननिर्माण प्राधिकरणबाटै जल तथा शक्ति आयोगमा सरुवा भएको थियो। उनलाई फेरि पुर्ननिर्माण प्राधिकरणमा नै ल्याइएको छ। यस्तै मन्त्रिपरिषद्ले वरिष्ठ सहसचिव शंकर पाठकलाई सचिवमा बढुवा गर्दै राष्ट्रिय सूचना आयोगमा पदस्थापन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले हाल कार्यरत रहेका ६० जना सचिव मध्ये प्रायः सबै सचिवहरुको सरुवा गरेर भ्याएको छ। यसअघि पनि सरुवा भएको साढे दुई महिनामा नै महिला तथा बालबालिका मन्त्रालयका सचिव प्रेमकुमार राईलाई पनि सरुवा गरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको थियो। अघिल्लो पटकको सरुवामा लोकसेवा आयोगमा सरुवा गरिएका सचिव ङईन्द्र प्रसाद उपाध्यायको सरुवा भोलिपल्टै खारेज गर्दै पुन उपाध्यायलाई महिला बालवालिका तथा समाज कल्याण मन्त्रालयमा लगिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.