ओली र दाहालको विशेष पत्रकार सम्मेलन हुने
काठमाडौं : नेकपा एमाले र माओवादीबीच चुनावी तालमेल, पार्टी एकता लगायत समसामयिक विषयमा आज संयुक्त पत्रकार सम्मेलन हुने भएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग आज संयुक्त रुपमा बिशेष पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीका प्रवक्ता पोलिटब्युरो सदस्य बिष्णु रिमालले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एक साथ राखेर आज पत्रकार सम्मेलन आयोजना गर्ने तय भएको जानकारी दिए ।
नेता रिमालका अनुसार अध्यक्षद्वय ओली र दाहालले हालसम्मको चुनावी प्रचार, सरकारबाट भइरहेको आचारसंहिता विपरितका कामलगायत पार्टी एकता र चुनावी तालमेलबारे सञ्चार क्षेत्रमार्फत आम जनताको जिज्ञासा मेटाउने छन् । रोयल ब्यांकेट तीनकुनेमा साँझ पौने ६ बजे पत्रकार सम्मेलन आयोजना गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए ।