‘मेरो हत्या गर्ने उद्देश्यले हमला भयो'

   ‘मेरो हत्या गर्ने उद्देश्यले हमला भयो'

भोजपुर : पूर्वमन्त्री तथा एमाले उम्मेदवार शेरधन राईले मंगलबार भएको बम आक्रमण आफूमाथि हत्या गर्ने उद्देश्यका साथ भएको बताएका छन्। बुधबार मिडिया सेन्टर भोजपुरले गरेको पत्रकार सम्मेलनमा राईले नियोजित ढंगले आफूमाथि हमला गराइएको बताए।

नजिकिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचन बिथोल्ने किसिमका गतिबिधि भइरहेका बेला भोजपुरमा यस्तो घटना हुनुमा सिंगो गठबन्धनको तर्फबाट घोर निन्दा गरेको राईले बताए। ‘यो घटना मेरो हत्या गर्ने उद्देश्यका साथ घटाइएको छ, यस घटनाप्रति म सिँगो वाम गठबन्धनको तर्फबाट घोर निन्दा र भत्र्सना गर्न चाहान्छु' राईले भने।

राईले घटनामा संलग्न दोषिलाई चाँडो भन्दा चाँडो पत्ता लगाई कडाभन्दा कडा कानुनी कटघरामा उभ्याउन सरकारसमक्ष माग गरेका छन्। राईले घटनाको विषयमा कसैले जिम्मेवारी नलिएको र घटनाको प्रकृतिलाई हेर्दा जघन्य सांघातिक हमलाको संज्ञा दिएका छन्। ‘घटना तर्साउनका लागि नभएर ज्यान मार्ने उद्देश्यले सांघातिक आक्रमण गरिएको हो' राईले भने,‘घटना गम्भीर र रहस्यमय छ' उनले भने।

उच्चस्तरीय समिति गठन गरेर घटनाको छानबिन गर्नुपर्ने उनले जोड दिए। बाम गठबन्धनको तर्फबाट भोजपुर (क)का उम्मेदवार तथा एमाले नेता राजेन्द्र राईले बताए घटना शंकास्पद र रहस्यमय बनेको भन्दै तत्काल छानबिन गर्नुपर्ने बताए।

अन्योलताको भुमरी रुमल्लने, निर्वाचन हुन नदिने प्रवृतिले घटना घटाइएको उनले बताए। घटनाको कसैले जिम्मेवारी नलिएपनि कम्पासको काँटाले देखाइरहेको वाम गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुदन राईले बताए। केही बर्षअघिको चाम्लादाङ घटना, केही महिनाअघिको प्याउली घटना र मंगलबार भएको पूर्वमन्त्रीमाथिको घटना जोडेर हेर्दा भोजपुरमा गिरोह नै सक्रिय भएको उनले बताए।

मंगलबार चुनावी सभाका लागि पूर्वमन्त्री तथा उम्मेदवार शेरधन राई चढेको जिपमाथि टेम्के मैयुङ गाउँपालिका ५, कोटको गुम्बाटोलस्थित बिहान ९ः ५० बजे करिब ६ जनाको अज्ञात समूहले सकेट बम र १० राउण्ड गोली प्रहार गरेको थियो। जवाफीमा उम्मेदवार राईका अंगरक्षक डिल्ली देवकोटाले २१ राउण्ड गोली प्रहार गरेका थिए। उम्मेदवार राईलाई सुरक्षा दिने क्रममा देवकोटाको दाँया हातमा चोट लागेको थियो। घटनाको विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.