झापा-१ मा राम कार्की कि विश्वप्रकाश शर्मा ?

झापा-१ मा राम कार्की कि विश्वप्रकाश शर्मा ?

मेचीनगर : झापा क्षेत्र नम्बर १ मतदाताले प्रतिनिधिसभा निर्वाचनका लागि खडा भएका प्रमुख गठबन्धनका प्रतिस्पर्धी दुई जना नै देशलाई चाहिने भएकाले आफूहरु कसलाई मत दिने भन्ने अन्यौल रहेको बताएका छन्।

एमाले र माओवादी केन्द्रको तर्फबाट बनेको वाम गठबन्धनका उम्मेदवार पूर्व सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार (राम) कार्की रहेका छन् भने नेपाली कांग्रेसका तर्फबाट पार्टीका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन्। कार्की र शर्मा मंसिर २१ गते हुने चुनावको मैदानमा झापा–१ का लागि पार्टीभित्र ख्याती कमाएका उम्मेद्वारहरु हुन्। मतदाता अझै अन्योलमै छन् ‘कसलाई भोट दिने ?’

संगठन, मुद्दा र रणनीतिका दृष्टिले निकै बलियो ढंगले यसपाली विश्वप्रकाश चुनावमा होमिएका छन्। ‘त्यस्तै भो त्यसपाली, विश्वप्रकाश यसपाली’ भन्ने नारा लगाउँदै कांग्रेसले झापा–१ मा विश्वप्रकाशलाई दोस्रो पटक चुनावी मैदानमा उतारेको हो। यसअघिको जस्तो हार नदोहोरियोस् भन्नका लागि उम्मेदवारी दर्ता अघि नै कांग्रेस वृत्तबाट जित्नै पर्ने दबाबका साथ ‘त्यसपाली’ र ‘यसपाली’को नारा लगाइएको कतिपय कांग्रेस कार्यकर्ताले बताउने गरेका छन्।

मेचीनगर नगरपालिका ९ का बासिन्दा गोपाल बस्नेतका अनुसार कार्की र शर्मा दुईजना बौद्धिक नेतामा पर्छन्। उनले दुई जना नै संसदमा जानुपर्ने मान्छेलाई जुधाएर राम्रो काम नभएको बताए। उनले भने, ‘मतदातामा अन्यौल छ। एकजनालाई जिताऊ अर्कालाई अन्याय हुन्छ। यी दुई नेतामा नै देशलाई कसरी समृद्धितिर लान सकिन्छ भन्ने भिजन छ।’

अधिकांश मतदाताको कुरा बस्नेतको कुरा भन्दा फरक छैन। मेचीनगर नगरपालिका १० की प्रमिला खनालले समाज रुपान्तरणका अजेण्डामा दुईजना नै अब्बल रहेको बताइन्। उनले भनिन्, ‘दुईजना नै राम्रा मान्छे छन्। कसलाई भोट दिने भन्ने चिन्ता छ।’

२०४८ साल यता पाँच पटकका निर्वाचनमा एक पटक मात्र नेपाली कांग्रेसले जितेको इतिहास छ। २०४८ सालको निर्वाचनमा एमालेका राधाकृष्ण मैनाली, २०५१ सालमा देवीप्रसाद ओझा र २०७० सालमा एमालेकै रविन कोइराला निर्वाचित भएका हुन्। संविधान सभाको पहिलो निर्वाचनमा माओवादीका धर्म घिमिरे निर्वाचित भएका थिए।

२०५६ सालको निर्वाचनमा भने नेपाली कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङ विजयी भएका थिए। त्योबेला नेम्वाङले एमालेका विष्णु प्रसाईंलाई हराएका थिए। २०७० सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा एमालेका रविन कोइरालासँग झिनो मतान्तरले पराजित भएका थिए।

वाम गठबन्धनका तर्फबाट बौद्धिक एवम् तार्किक क्षमता भएका भनेर चिनिएका सुरेन्द्रकुमार कार्कीको उम्मेद्वारी नेपाली कांग्रेसका विश्वप्रकाशका लागि ठूलो चुनौती बनेको छ। कार्कीका लागि पनि शर्माको उम्मेदवारी निकै चर्काे सावित भएको छ। २०७० को चुनावमा हार व्यहोरेका शर्मा अधिकांश समय आफ्नै क्षेत्रमा रहेर राजनीति गरेका कारण कार्कीका लागि शर्मा चुनौती बन्न पुगेका हुन्।

शर्माले देश समृद्धि तर्फको बाटोमा हिड्न नसक्नुको मुख्य कारण नेतामा देश विकासमा लाग्नुपर्छ भन्ने सोचको अभाव भएको बताएका छन्। उनले भने, ‘देश राम्रो शासन प्रणालीले मात्र राम्रो हुदैन, जबसम्म राजनीति मानव सेवाको भावले गरिँदैन तबसम्म देशले समृद्धिको बाटो समात्दैन।’
उनले सबैले को कुन पार्टीको भन्दा पनि देशले कसरी काँचुली फेर्न सक्छ भनेर सोच्नु पर्ने बताए। आफू सांसद भएर सिंहदरबारमा पुगेपछि नीतिगत सुधारमा पहल गर्दै नेपाललाई समृद्धि तर्फ लैजना आफू प्रयासरत रहने बताए।

वाम गठबन्धनका उम्मेदवार कार्कीले आफू समाजवादका लागि चुनावी मैदानमा होमिएको बताएका छन्। वामपन्थी पार्टीबाहेक आफूले नाम लिने गरेको नाममा विश्वप्रकाशको पनि नाम आउने भएकाले झापा क्षेत्र नम्बर १ ले विशेष महत्व पाएको कार्कीले बताए। उनले भने, ‘म जनताको उम्मेदवार हुँ। त्यसैले जनताले मलाई मत दिनुहुनेछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.