अमेरिकी विदेशमन्त्री टिलर्सन म्यानमारमा
निपत्: अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन् म्यानमार पुगेका छन्। म्यानमारमा पछिल्लो समयमा जारी राजनीतिक हिंसाका कारण यहाँको ठूलो संख्याका रोहिङ्गा शरणार्थी भागेर बंगलादेश पुगेका छन्।
म्यानमारको राखिन राज्यका मुस्लिम रोहिङग्या शरणार्थी हाल बंगलादेशको कोक्स बजारमा रहेका छन्।उनीहरु करिब साढे छ लाखको संख्यामा त्यहाँ पुगेका छन्।
ती शरणार्थी समस्या समाधानका लागि म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ् सान सुकीलाई दबाब दिन अमेरिकी विदेशमन्त्री टिलर्सन त्यहाँ पुग्नुभएको समाचारमा जनाइएको छ।
विदेशमन्त्री टिलर्सन बुधबार म्यानमारमा रहनेद्धन्। उनले यहाँका राष्ट्रपति, विदेशमन्त्री सुकी र अन्य उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने छ।
म्यानमारको सेनाले हिजोमात्र एक विज्ञप्ति प्रकाशन गरेर यहाँको सेनाले राखिन राज्यबाट उनीहरुलाई नलखेटेको जनाएको थियो। सेनाको यस्तो भनाइ आएको एकदिनपछि अमेरिकी विदेशमन्त्रीको म्यानमार भ्रमण शुरु भएको छ।