बाबुरामको क्षेत्रमा प्रचण्ड र ओली (फोटोफिचर)
तस्बिर : अशोक दुलाल
काठमाडौं : बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली एउटै हेलिकोप्टरमा गोरखा पुगे । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको चुनाव क्षेत्रमा वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठलाई भोट माग्न प्रचण्ड र ओली हेलिकोप्टर चढेर गोरखा पुगेका हुन् ।
गोरखा पुगेर प्रचण्डले बाबुरामलाई उम्मेदवारी फिर्ता गरेर श्रेष्ठलाई सहयोग गर्न आग्रह गरेका छन् भने ओलीले बुढा रुखको आडमा बसेर काम नलाग्ने बताए । बाबुराम कांग्रेसको साथ लिएर गोरखा क्षेत्र नं. २ मा चुनावी मैदानमा रहेकोप्रति व्यङ्ग्य गर्द ओलीले भने, ‘ वाम गठबन्धनको तुफानले रुख भित्रभित्रै खोक्रो भइसकेको छ । मंसिरमा बुढो रुख ढल्छ ।’