सात पटक प्रधानमन्त्री हुन्छु : देउवा

सात पटक प्रधानमन्त्री हुन्छु : देउवा

धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले ज्यातिषले आफूलाई सात पटक प्रधानन्त्री हुन्छस् भनेर भनेकाले अझै तीन पटक प्रधानमन्त्री हुने बताएका छन् । चुनाव प्रचार प्रसारका लागि बुधबार धनगढी आएका प्रधानमन्त्री देउवाले बिहीबार बिहान धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफू अझै तीन पटक प्रधानमन्त्री बन्न बाँकी रहेको बताएका हुन् ।

वाम गठबन्धनले देउवा अब काँग्रेसबाट अन्तिम प्रधानमन्त्री हुनभनिरहेका छन् नी ? भन्ने पत्रकारहरुले राखेको जिज्ञासामा देउवाले भने ‘ज्योतिषीहरुले मलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन, म फेरी तीन पटक प्रधानमन्त्री हुन बाँकी छ, कम्युनिस्टहरुले भनेर हुन्छ ?'

उनले पत्रकारहरुलाई आफू डडेल्धुराबाट जित्नेमा ढुक्क रहेको बताए । ‘मलाई तपाईहरु डडेल्धुराबाट पनि जित्छस् भनेर सोध्नुहुन्छ ?' मख्खिदै देउवाले भने । उनले सुदूरपश्चिमबाट जित्ने बित्तिकै मुलुकको प्रधामन्त्री हुने आफू मात्रै नेता रहेको बताए ।

एकातिर वाम गठनबन्धनको चर्चा चुलिएका बेला देउवाले वाम गठबन्धनले काँग्रेसलाई एक ठाउँमा ल्याएकाले काँग्रेसको बहुमत आउने दाबी गरे । ‘हिजोका तर्साउने, धम्काउने शक्ति एक ठाउँमा भएका छन्, जनतामा कम्युनिष्ट अधिनायकवाद आउनेमा चिन्ता छ, त्यसैले पनि काँग्रेसले बहुमत ल्याउछ' देउवाले भने ।


स्थानीय चुनावमा काँग्रेसलाई सहयोग नगरेको भन्दै विभिन्न क्षेत्रीय समितिहरु, जिल्ला समितिहरुले गरेका सबै कारवाही फुकुवा भएको घोषणा गर्दै प्रधामन्त्री देउवाले भने ‘म यही कार्यक्रमबाट सबैको कारवाही फुकुवा भएको घोषणा गर्दछु, मैले भने सबै कारवाहीमा परेकाहरुलाई आममाफी दिएँ, सबैजना चुनावमा लाग्नुस, काँग्रेसलाई जिताउनुहोस' देउवाले भने ।

देउवाले सुदूरपश्चिमका विकास निर्माणका योजनाहरु पनि अघि बढिरहेको बताए । ‘पञ्चेश्वर बन्ने प्रकृयामा गई सक्यो, पश्चिम सेती आयोजनाका लागि चीनिया कम्पनीसँग कुरा भइरहेको छ, दार्चुलाको तिंकर नाकाको कुरा पनि भई नै रहेको छ' प्रधानमन्त्री देउवाले भने ।

यद्यपि, दार्चुलाको तिंकर भञ्ज्याङ जोड्ने खलंगा-तिंकर सडक दुई वर्षदेखि भीर फोड्ने विष्फोटक नभएर रोकिएको छ । गत आर्थिक वर्षमा उक्त सडक योजनाको ९० प्रतिशत बजेट विष्फोटक नभएकै कारण फ्रिज भएको थियो ।

प्रधानमन्त्री देउवा बिहीबार नै आफ्नो गृह जिल्ला डडेल्धुरा गएका छन् । उनले बिहीबार नै डडेल्धुरामा काँग्रेसका अगुवा कार्यकर्तालाई भेट्ने छन् भने मंसिर १ गते उनले पहिलो चरणको चुनाव हुने प्रदेश नम्बर ७ का बैतडी र दार्चुलामा चुनावी सभालाई सम्बोधन गर्नेछन । यस्तै उनले मंसिर २ गते नै पहिलो चरणमै चुनाव हुने बझाङ र बाजुरामा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

प्रदेश नम्बर ७ का चार पहाडी जिल्ला बैतडी, दार्चुला, बझाङ र बाजुरामा मंसिर १० गते पहिलो चरणमा चुनाव हुदैछ । त्यसपछि देउवाको प्राथमिकतामा आफ्नो गृह जिल्ला र पत्नी आरजले लडेको कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ रहने काँग्रेसले जनाएको छ । देउवा डडेल्धुराको आफ्नो क्षेत्रमा एक चरणमा चुनावी प्रचार प्रसार गरेपछि मात्रै पत्नी आरजु राणा देउवाले लडेको क्षेत्र कैलालीमा आउने भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.