नेताले भाेट माग्दा मतदाता पानी माग्‍छन्

नेताले भाेट माग्दा मतदाता पानी माग्‍छन्

धुर्कोट(गुल्मी) : धुर्कोट गाउँपालिका–६ धुरका स्थानीयबासी गाउँमा भोट माग्न उम्मेदवार आउँदैछन् भन्‍ने खबर पाएपछि लामो समय पर्खेर बसे। झण्डै पौने एक घण्टाको पर्खाइपछि उम्मेदवार गाडीबाट ओर्लिए। गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार एमाले नेता गोकर्ण विष्टसहितको टोली गाडीबाट ओर्लियो। गाउँलेले उनीहरुलाई फूलमाला लगाएरै आर्शिवाद दिए।

अघिल्लो संविधानसभा निर्वाचन २०७० मा समेत निर्वाचनमा जिताएरै पठाएका विष्टलाई गाउँलेहरुले यसपाली पनि विजयको शुभकामना दिए। शुभकामनासँगै उनीहरुले नेता विष्टसमक्ष खरोरुपमा आफ्ना माग पनि राखे। भेलामा करिब एक सयजनाको हाराहारीमा गाउँलेहरु सहभागी थिए। खासमा उनीहरु नेताको खोक्रो भाषण सुन्‍नुभन्दा आफ्ना गुनासा पोख्‍नका लागि भेलामा सहभागी भएका थिए।

स्थानीयले त्यति ठूलो माग लिएर त्यहाँ आएका थिएनन्। भेलामा सहभागी सबैको एउटै माग थियो, 'गाउँमा खानेपानीको व्यवस्था ' गरिदिनुपर्‍यो।'पानी माग्दामाग्दै बुढेसकालले भेटाइसक्यो,स्थानीय ८१ वर्षीय पदमबहादुर जिसीले भने, 'सधै‌‌‌‌‌ भोट दिएर जिताउँछौँ , हाम्रा माग ज्यूँकात्युँ छन्।

चुनावमा नेताहरुले आश्‍वासन मात्र दिएर जाने गरेको उनले विगतका दिन सम्झे। ‘गाउँमा अरु कुराको सामान्य विकास भइसकेको छ,उनी भन्छन्,‘ अब पानीको सुविधा भइदिएको भए सुखको श्‍वास फेर्न पाइने थियो।'

गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीय घण्टौँ समय खर्चेर कुवाको पानी बोक्न बाध्य छन्। खानेपानीको असुविधाका कारण धुर, तिलारा, भिरथोक, करमचाल्नेलगायतका बस्तीहरु काकाकुल छन्। गाउँका करिब दुई सय घरधुरी खानेपानी अभावले प्रत्यक्ष प्रभावित भएको स्थानीय ५० वर्षीय लोककुमारी केसीले जानकारी दिइन्। ‘बिहान बेलुकाको समय पानी बोक्दैमा बित्छ,उनले भनिन्,‘धेरै वर्षदेखि पानीको व्यवस्था गरिदिन माग गरेपनि कसैले सुनेनन्।'चुनाव आउँदा नेताहरुले सबै माग पूरा गर्छौ भन्छन् ,केसीले भनिन्,‘जितेर गएपछि गाउँमा फर्केर आउँदैनन्।

खानेपानीको अभावमा स्थानीयको दैनिकी नै प्रभावित भएको छ। विद्यार्थीमा पढाइ राम्रो गर्नेभन्दा पनि पानी कसरी बोक्ने भन्ने पीरलो थपिएको छ। जसले गर्दा विद्यार्थीको नियमित पठनपाठन प्रभावित मात्र भएको छैन उनीहरुमा पढाइबाट बंचित हुने पो होकी भन्ने अर्को चिन्ता थपिएको छ।बालबालिका,महिला र वृद्धवृद्धाको दैनिकी नै डोकोमा खानेपानी बोकेरै बित्‍ने गरेको छ।

२०५१, ०६४, ०७० सालको संसदीय निर्वाचन र भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा समेत गाउँलेले जोडदारसँग खानेपानीको माग राखेका थिए। गाउँमा सडक, विद्युत्त, टेलिफोन, शिक्षालगायतको विकास राम्रो हुँदै गएको छ। तर खानेपानीको सुविधा नहुँदा स्थानीयबासीको जनजीवन नै प्रभावित भएको छ।

मंसीर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको क्रममा गाउँ पुगेका एमाले नेता गोकर्ण विष्टले गाउँलेका माग पुरा गरेरै छाड्ने बचन दिएका छन्। ‘अत्यन्तै संवेदनशिल माग राख्‍नु भएको छ,उनले भने, 'सबैका घरघरमा पानीका धारा खसाल्ने गरी प्रक्रिया अगाडी बढाउने छौँ। स्थानीयको जनजीविकासँग खानेपानीको प्रत्यक्ष सम्बन्ध हुने भएकाले यसप्रति आफू निकै चिन्तित भएको उनले बताए।'त्यति ठूलो माग राख्‍नुभएको छैन् ,विष्टले भने,‘अघिल्लो वर्षपनि यसबारे योजना बनाएका थियौँ। तर, विविध समस्याले गर्दा काम हुन सकेन्। उनले भने, यसपाली विश्‍वस्त हुनुस् खानेपानीको व्‍यवस्था गरेरे देखाउँछैाँ।

गुल्मी क्षेत्र नम्बर २ अन्तर्गत वाम गठवबन्धनको तर्फबाट विष्टले उम्मेदवारी दिएका छन्। जिल्लाका दुर्गम गाउँहरु समेटिएको धुर्कोट, मदाने, मालिका, इस्मा गाउँपालिका, मुसीकोट र रेसुंगा नगरपालिका (१–६) क्षेत्र नम्बर २ मा समावेश भएका छन्। उम्मेदवारहरुले घरदैलोमार्फत मतदाता भेटघाटलाई तिव्रता दिँदै लगेका छन्।

विशाल आमसभा, जुलुसलाई भन्दा भेटघाट र गाउँघरमा मतदाताको गुनासो सुन्ने कामलाई उम्मेदवारले जोड दिएका छन्। क्षेत्र नम्बर २ मा ९० हजार नौ सय १७ जना मतदाता रहेका छन्। निर्वाचनमा प्रतिनिधीसभा सदस्यका लागि लोकतान्त्रिक गठवन्धनबाट कांग्रेसका चन्द्र केसीले उम्मेदवारी दिएका छन्। गाउँ पुग्ने सबै उम्मेदवारलाई गाउँलेले आफूहरुका मागलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका छन्।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.