विप्लवका कार्यकर्ता पक्राउ

विप्लवका कार्यकर्ता पक्राउ

पाल्पा: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। देशका विभिन्न स्थानमा उम्मेदवारहरुमाथि नै आक्रमणका घटना बढ्द थालेपछि प्रहरीले पाल्पा विप्लवका कार्यकर्ताहरुमाथि निगरानी बढाएको हो। प्रहरीले शंकर तामाङ (दर्पण) लाई पक्राउ गरेको हो।

युवा जनस्वयम्सेवक संगठन पाल्पाका संयोजकसमेत रहेका तामाङलाई पाल्पा प्रहरीले बुधवार तानसेन नगरपालिका वडा नं. ६ लहरे पिपलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए। डडेल्धुरा स्थायी घर भएका तामाङ हाल तानसेन नगरपालिका वडा नं १ मा बस्दै आएका छन्।

विभिन्न स्थानमा निर्वाचन सुरक्षा, निर्वाचन विरोधी गतिविधि बढ्दै गएकोले जिल्लामा संभावित घटनाहरु रोक्न अनुसन्धानको लागि तामाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक पन्तले बताए। एकीकृत सुरक्षा समितिले जिल्लाका १८ मतदान केन्द्रलाई अति संवेदनशीलको सुचीमा राखेर सुरक्षा गतिविधि संचालन गरेको प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.