अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन: ट्रम्प

अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन: ट्रम्प

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताएका छन्।

उनले भने, 'मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन।'

उनी करिब दुई हप्ताको एसिया भ्रमणपछि मङ्गलबार मात्र अमेरिका फर्किएका छन्। बुधबार अमेरिकी एक टेलिभिजनमा दिनुभएको वक्तव्यमा उनले सो धारणा राखेका हुन्।

उनले आफ्नो एसिया भ्रमणबाट उत्तर कोरियाका विरुद्धमा जनमत निर्माण गर्न सघाउ पुगेको बताए।

आफ्नो २५ मिनेट लामो टेलिभिजन सम्बोधनका क्रममा उनले पटक पटक पानी पिए र त्यति नै पटक उनले उत्तर कोरियाको विरोधमा आफ्नो भ्रमणको अनुभव पनि सुनाए।

उनी एसियाका पाँच देश दक्षिण कोरिया, जापान, चीन, भियतनाम र फिलिपिन्सको भ्रमणमा जानुभएको थियो । उहाँले १२ दिनसम्म लगातार ती देशको भ्रमणमा बिताएका थिए। 

उनले सो सम्बोधनमा भनेजस्तै एसिया भ्रमणमा उत्तर कोरिया नै प्रमुख विषय बनेको थियो। उत्तर कोरियाको आणविक कार्यक्रमलाई उनले विभिन्न देशमा बोल्ने क्रममा निकै आलोचना गरेका थिए। 

विश्वले शान्ति र समृद्धि खोजिरहेको बेला उत्तर कोरियाले भने आणविक क्षेप्यास्त्रको होडबाजी चलाएको भन्दै उत्तर कोरियाली शासकलाई क्रुर र तानाशाहको संज्ञा पनि उनले दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.