किन जुधे बाबुराम र नारायणकाजी ?

किन जुधे बाबुराम र नारायणकाजी ?

गोरखा : गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन्। गोरखावासीले संसद्मा प्रतिनिधित्वका लागि उनीहरूमध्ये एक जनालाई गुमाउँदै छन्। भट्टराई र श्रेष्ठमध्ये जो भए पनि गुमाउनु दुःखद हुने स्थानीयवासी बताउँछन्।

खोप्लाङ घर भएका भट्टराई नयाँ शक्तिका संयोजक हुन्। अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसम्म भइसकेका उनी लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका हुन्। माओवादी केन्द्रका शीर्ष नेता श्रेष्ठको घर जौबारीमा छ। उपप्रधानमन्त्रीसम्म भइसकेका उनी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन्।

‘दुवै जना गोरखालाई मात्र होइन, देशकै लागि चाहिने नेता हुन्’, नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष यादव शर्मा भन्छन्, ‘तर, निर्वाचन प्रक्रियाद्वारा स्वतः एक जना बाहिरिँदै हुनुहुन्छ। सामान्य जनताको आँखाले हेर्दा जो बाहिरिए पनि गोरखाका लागि दुःखद हुनेछ।’

मुलुकलाई अहिलेको अवस्थासम्म ल्याइपुर्‍याउन दुवै नेताको ठूलो योगदान रहेको उनको भनाइ छ। ‘तर, जनताले चाहेर पनि दुवै जनालाई जिताउन सक्दैनन्’, उनी भन्छन्, ‘जो हारे पनि घाटाको विषय हो।’

एक नेताको राजनीति सिध्याएर प्रभुत्व जमाइरहन कसैले खेल खेलेको आशंका।

यो अवस्थामा आउनुमा गोरखालीको नभई नेताद्वयकै गल्ती भएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष मोहनलाल श्रेष्ठको तर्क छ। ‘उहाँहरूले बुद्धि नपुर्‍याउँदा एक जनाले त क्षति बेहोर्नु हुन्छ, गोरखा र देशले पनि घाटा बेहोर्नुपर्ने भयो’, उनी भन्छन्, ‘शीर्ष नेताहरू फरक–फरक क्षेत्रबाट उठ्नुपथ्र्यो। तर, जुँगाको लडाइँले गर्दा दुवै जना एकै ठाउँबाट उठ्नुभयो। यो गल्ती भयो।’ यसको सजाय उनीहरूले मात्र होइन, गोरखाली र देशले नै भोग्ने उनको बुझाइ छ।

निर्वाचनमा पराजित भए राजनीतिक जीवन नै धरापमा पर्ने चर्चा चल्न थालेको छ। ‘उहाँहरूमध्ये एक जनाले स्वतः हार्दै हुनुहुन्छ तर हराउनुमा गोरखालीको गल्ती छैन, उहाँहरूकै घमण्डको दोष हो’, द्रव्यशाह बहुमुखी क्याम्पसका अध्यक्ष धीरजबहादुर मास्के भन्छन्, ‘क्षेत्र मिलाएर उठ्नुपथ्र्यो।’ उनीहरूमध्ये एक जनाको राजनीति सिध्याएर प्रभुत्व जमाइरहन कसैले खेल खेलेको उनको शंका छ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष स्थानेश्वर दुवाडीको भने फरक मत छ। दुवै जना पुराना नेता भएकाले जो पराजित भए पनि फरक नपर्ने उनको टिप्पणी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.