विप्लवका पाँच कार्यकर्ता पक्राउ
धनकुटा : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा खतरा बढेको भन्दै धनकुटा जिल्ला सेक्रेटरी आकाश शर्मा, जिल्ला सदस्य विज्ञान शर्मा, नरजित राई, प्रेम कटेललाई पक्राउ गरिएको प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले बताए।
निर्वाचन विथोल्न देशका विभिन्न स्थानमा बम विष्फोट गराउन थालेपछि विप्लव नेतृत्वका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको उनले बताए।