विप्लवका छ कार्यकर्ता प्रहरीको नियन्त्रणमा

 विप्लवका छ कार्यकर्ता प्रहरीको नियन्त्रणमा

सन्धिखर्क : अर्घाखाँचीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारको चुनाव प्रचारप्रसारमा आक्रमण हुनसक्ने भन्दै विप्लवका छ नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चुनावमा अशान्ति फैलाउन सक्ने सम्भावित खतरालाई ध्यान दिँदै अर्घाखाँची प्रहरीले राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रिय सदस्य तथा जिल्ला सचिवालय सदस्य योगेन्द्र चौहान, जिल्ला सदस्य भक्तबहादुर परियार, नरिस्वर पाण्डे, गोपाल नेपाली, मित्रदेव घिमिरे र भुमिकास्था नगरपालिकाका एरिया इन्चार्ज श्याम चुँदालीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक प्रदिप डिसिले जानकारी दिए।

पक्राउ परेका विप्लवका नेता तथा कार्यकर्तामाथि सोधखोज र अनुसन्धान भइरहेको जानकारी दिँदै उनीहरुबाट हुनसक्ने खतराप्रतिको संवेदनशीलतामा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरी निरीक्षक डिसीले बताए।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.