'शान्ति, दिगोविकास र आर्थिक समृद्धिकालागि कांग्रेस'

'शान्ति, दिगोविकास र आर्थिक समृद्धिकालागि कांग्रेस'

घोराहीः देशमा शान्ति, दिगोविकास र आर्थिक समृद्धिको लागि नेपाली काग्रेसले निर्वाचन जित्न आवश्यक भएको कांग्रेस नेताहरुले बताएका छन्। दाङ क्षेत्र नं. २ को चुनावी प्रचार प्रसारका क्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ७ अर्थात साविक सौडियार गाविसका विभिन्न स्थानमा आयोजना गरेको सभाहरुमा बोल्ने कांग्रेसका नेताहरुले कांग्रेसले जितेमात्र शान्त, दिगोविकास र आर्थिक समृद्धि हुने बताएका छन्।

कार्यक्रममा बोल्दै कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काले आगामी मंसीर २१ गते हुने प्रतिनीधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा विजयी भएमा देशमा शान्ति कायम हुने बताए। शान्ति भएपछि दियो विकास हुने एवं दिगोविकास भएमा मात्र आर्थिक समृद्धि आउने बताए।

उनले जनतालाई सधै शक्तीशाली बनाउने पार्टि कांग्रेस भएको खड्काले दाबी गरे।उनले जनतालाई अधिकार सम्पन्न बनाउने एकमात्र दल कांग्रेस भएको भन्दै अहिलेको निर्वाचनमा पनि कांग्रेसको पक्षमा मतदान गरेर विजयी बनाएर आफ्नो अधिकार स्थापित गर्न सम्पूर्ण मतदाताहरुलाई अनुरोध गरे।

कांग्रेसले जनतालाई दिएको अधिकारबाट त्रसीत भएका केही दलहरुले कम्यूनिष्ट गठबन्धनको नाममा अधिनायकवाद लाद्न खोजेको खड्काको भनाई छ।अधिनायकवादलाई विस्तापीत गर्दै लोकतन्त्र पक्षधर कांग्रेसलाई विजयी बनाउन उहाँले सम्पूर्ण जिल्लाबासीहरुलाई अनुरोध गरे।

कार्यक्रममा जिल्ला सचिव शंकरप्रसाद डाँगीले देशको समृद्धि र विकासका लागि कांग्रेसको विकल्प नभएको बताए। उनले जिल्लाको विकासका हरेक योजना कांग्रेसको नेतृत्वमा आएको भन्दै जिल्लालाई समृद्ध बनाउनु नै कांग्रेसको मुख्य ऐजेण्डा रहेको बताए।

दाङलाई प्रादेशीक राजधानी बनाउने विषय कांग्रेसको जितमामा मात्र संम्भव भएको भन्दै सधै जनताको साथमा रहने पार्टि कांग्रेसलाई विजयी बनाउन सम्पूर्ण मतदाताहरुसँग अनुरोध गरे।उनले पनि कांग्रेसले जितेमा शान्ति, दिगोविकास र आर्थिक समृद्धि हुने भनाई राखे।

डाँगीले लोकतन्त्रको रक्षाका लागि नेपाली काग्रेसलाई भोट गर्न जनतालाई आग्रह गरे।अहिलेको लडाई लोकतन्त्रवादी शक्ति र बामपन्थी अधिनायकवादी विचमा भएकाले उनले लोकतन्त्रवादी शक्तिलाई बिजयी गराउनका लागि नेपाली काग्रेसको पक्षमा मतदान गर्न समेत जनतालाई भनेका थिए।

कांग्रेस दाङका पूर्व जिल्ला सभापति विरकेशरी गौतमले नेपाली काग्रेसको आर्थिक उदारवादी नितीकै कारण नेपालमा विकास भएको बताए।काग्रेस क्षेत्र नम्वर-३ का सभापति भुपबहादुर डागीले स्थानीय तहमा नेपाली काग्रेसले भोगेका पराजयलाई अहिले जनताहरुले काग्रेसलाई मतदान गरेर भुलाउन सक्नुपर्ने बताए।

उनले ग्रामीण क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा, विद्युतलगायतका पूर्वाधारहरु पुर्‍याएर दु.खमा परेका जनताहरुलाई सुखको अनुभुति गर्न काग्रेसले सिकाएको बताए। कार्यक्रमलाई सम्वोधन गर्दै दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार राजु खनालले दाङको विकासको नेतृत्व काग्रेुसले गरेको बताए।

विकट ग्रामीण क्षेत्रसम्म नेपाली काग्रेसकै पहलमा सडक, विद्युत, शिक्षा,स्वास्थ्यलगायत कृषिको विकास लागि सिचाईको व्यवस्था काग्रेसले गरेको बताएका छन।उनले भने, 'काग्रेसको पहलमा खोला तथा नदिहरुमा पुल बनेका छन्। सडक,विद्युत,सिचाईका आयोजनाहरु गाउँ-गाउँमा पुगेका छन।यी विकास जस कस्ले लिने।'

आफू सांसद भएको बेलामा मात्र जिल्लामा सडक तथा पुलका योजनाहरुसँगै कृषिको विकासका लागि सिचाईको व्यवस्था गरेको भन्दै उनले आफनो प्रतिष्प्रर्धी उम्मेदवारलाई २०६४ सालदेखि सत्तामा भएपनि अहिलेसम्म दाङका लागि गरेका कामहरु देखाईदिन समेत आग्रह गरे।

आमालाई छोराको माया लागे झै उम्मेदवारलाई आफनो जन्मस्थलको माया लाग्ने स्वभाविक भएको भन्दै उनले मतदातालाई आफनो ठाउँको उम्मेदवारलाई मतदान गरेर जिताएर बिजयी गराउन आग्रह गरेका थिए। नेपालमा हरेक परिवर्तनको नेतृत्व गर्ने नयाँ सविधान निर्माण गर्ने काम नेपाली काग्रेसले गरेको भन्दै अव देशको आर्थिक समृद्धिको नेतृत्व गर्ने जिम्म दिनुपर्ने खनालको भनाई छ।

'कम्युनिष्टहरु काम गर्ने भन्दा जनताहरुलाई चिल्ला कुरा गरेर झुक्याउने काम गर्न सिपालु हुन्छन्। र,अहिले पनि गाउँगाउँ पुगेर जनताहरुलाई झुक्याउँदैछन।' उम्मेदवार खनालले भने, 'तिनीहरु यहाँ पनि आउन सक्छन । नझुक्कीनु होला । जनताको सु.ख दु.खमा साथ दिने पार्टी काग्रेसलाई भोट दिनुहोस।'

त्यस्तै कार्यक्रममा दाङ क्षेत्र नं. २ (२) प्रदेशसभाका उम्मेदवार भरतबहादुर न्यौपानेले दाङको समृद्धिका लागि काग्रेसलाई चुनावमा जिताउन मतदातासँग आग्रह गरे । ‘दाङको विकासका लागि कहाँ के समस्या छ, त्यसका बारेमा आफुलाई थाहा छ।'

न्यौपानले चुनावीसभालाई सम्वोधन गर्दै भने-'हाम्रो गाउँको समस्या बाहिरवाट आउने उम्मेदवारलाई के थाहा । त्यसैले चुनावमा आफनै ठाउँका लागि रोज्नु होस। पराईलाई होइन।' शसस्त्र द्धन्दरत तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउदै नयाँ सविधान निर्माणदेखि स्थानीय तहको चुनावसमेत काग्रे्सले गरेको भन्दै उनले आर्थिक विकासको नेतृत्व पनि काग्रेसले नै गर्ने बताए।

विगतमा काग्रेसले दाङमा गाउँगाउँसम्म सडक, सिचाईका कुला,बिद्युतको पोल र तारदेखि जनतालाई स्वास्थ्य सेवा पुर्‍याउने गरि स्वास्थ्य सस्थाहरु पुर्‍याउने काम गरेकाले अव देशमा आर्थिक समृद्धिका माध्यमवाट जनताको जीवनस्तरमा समेत परिवर्तन ल्याउने न्यौपानेको भनाई थियो।

नेता न्यौपानले घुमन्ते नेताहरुवाट जिल्लाको विकास हुन नसक्ने दावी समेत गरे। 'घुमन्ते नेताहरु हिजो पनि आएका थिए । उनीहरुले के के विकास गरे केही गरेनन् त्यो कुरा तपाईहरुले याद गर्नुहोस।नेता न्यौपानले भने–‘हिजो चुनाव जितेर दाङका लागि विकास गरेको एउटा पनि उदाहरण छैन त्यसैले जनताहरुको दु.ख सु.खमा साथ दिने विकासप्रेमी पार्टी नेपाली काग्रेसलाई भोट हाल्नुहोस।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.