संसद अवधिभर वाम गठबन्धन रहन्छ : भट्टराई
गोरखा : नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले काङ्ग्रेससँग चुनावी गठबन्धन मात्र भएको बताएका छन्। गोरखा २ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार भट्टराईले अन्नपूर्ण पोष्टसँग कुरा गर्दै आफ्नो पार्टीको कांग्रेससँगको गठबन्धन संसद अवधि रहेसम्म मात्र रहने बताए।
‘माओवादी केन्द्र र एमाले एकातिर उभिसकेपछि नयाँ शक्ति र कांग्रेस अर्कोतिर उभिनु पर्ने बाध्यात्मक अवस्था अंकगणितको पनि सवाल हो। अन्यथा मान्ने प्रश्नै आउँदैन’, उनले भने, ‘यो प्रि इलेक्सन एलायन्स हो। यसलाई चुनावपछि पनि कायम राख्नुपर्ने राजनीतिक मान्यता हो। यो सहकार्य स्वतः नै यो संसदको अवधिभर कायम राख्नुपर्छ। सरकारमा जाने नजाने अलग प्रश्न हो, तर एलायन्स रहिरहन्छ।’
माओवादी विद्रोहसँग डराएर भाग्नेले, माओवादी विद्रोहलाई सधैं आलोचना गर्ने नारायणकाजी श्रेष्ठ माओवादी विद्रोहको नेतृत्वको कार्यभार पूरा गरेको आफूसँग प्रतिष्पर्धा गर्न नसुहाउने भट्टराईले दावी गरेका छन्।