यू-१९ एसिया कप : नेपाल-अफगानिस्तान भिड्दै(लाइभ)

यू-१९ एसिया कप : नेपाल-अफगानिस्तान भिड्दै(लाइभ)

काठमाडौं : मलेसियामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा अहिले नेपाल अफगानिस्तानसँग प्रतिस्पर्धा गरिरहेको छ । किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले टस जिति नेपाललाई ब्याटिङको निम्ता दिएको छ ।

अपडेट : पानी परेपछि खेल रोकिएको छ । १८ ओभर अफगानिस्तानले १ विकेट गुमाएर ९४ रन बनाएको छ ।

 अफगानिस्तानले जवाफी व्याटिङ सुरु गरिरहेको छ ।  नेपालले अफगानिस्तानको पहिलो विकेट लिएको छ । छैटौं ओभरको पहिलो बलमा कमलसिंह ऐरीले विकेट लिएका छन् । ६ ओभर सकिँदा अफगानिस्तानको स्कोर २४ रन छ । 

 नेपालले अफगानिस्तानलाई १०४ रनको झिनु लक्ष्य दिएको छ । २८ ओभरमा सबै विकेट गुमाइ १०३ रन मात्रै बनाउँन सक्यो 

नेपालको ९ विकेट गुम्यो २५ औं ओभरमा कमल ऐरी शुन्य रनमै आउट भएका छन् । 

आठौं विकेट पतन भएको छ ।  किशोर महतो शून्य रनमा आउट भएका छन् । 

नेपाल संकटमा परेको छ नेपालको सातौ विकेटको रुपमा अनिल कुमार शाह आउट भएका छन्  

नेपालको ६ विकेट गुमेको छ। २३ औं ओभरमा  पवन सराफ आउट भएका छन् । 

अनिल कुमार शाहले अर्धशतक बनाएका छन् । ५६ बलको सामना गरेका उनले ७ चौका र १ छक्का प्रहार गरी अर्धशतक बनाएका हुन् । 

 नोपलको पाँचौ विकेट गुमेको छ । भीम सार्की रन आउट भएका छन् ।  

नेपालले निरन्तर खराब प्रदर्शन गरि राखेको छ । १२ ओभरमा रोहित कुमार पौडेल  आउट भएका छन् । ७ बलको सामना गरेका उनले ४ रन मात्रै हाने । यो सँगै नेपालको चौथो विकेट गुमेको छ । 

 नेपाललाई ठूलो झड्का, १० औं ओभरमा कप्तान दिपेन्द्र सिंह ऐरी आउट भएका छन् । ऐरीले २० बलमा  एक चौकासहित २ रन मात्रै बनाउँन सके ।  

 सातौ ओभरमा नेपालले १४ रन जोडेको छ । कप्तान ऐरीले १ र अनिल शाहले २ चौका हानेका छन्  

चौथो ओभरमा नेपालको दोस्रो विकेट गुमेको छ । जितेन्द्र सिंह आउट भएका छन् । कप्तान दिपेन्द्र ऐरी व्याटिङमा आएका छन्

दोस्रो ओभरमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख आउट भएका छन् । 

बिहीबारको पहिलो सेमिफाइलनमा बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा पुग्न सफल भएको छ । २०१२ देखि यू-१९ एसियाकप खेल्न सुरु गरेको नेपाल पहिलो पटक सेमिफाइनलमा पुगेको हो । समूह चरणमा डिफेन्डिङ च्याम्पियन भारत र मलेसियालाई हराउँदै नेपालले सेमिफाइलनमा स्थान बनाउँन सफल भएको हो ।

 लाइभ हेर्नोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.