पोखरेललाई भोट माग्दै कलाकार पुगेपछि टोखावासी दंग

पोखरेललाई  भोट माग्दै कलाकार पुगेपछि  टोखावासी  दंग

काठमाडौँ :  टेलिभिजन र चलचित्रका पर्दामा मात्र हेरेका कलाकारलाई बिहीबार आफ्नै घरआँगनमा देख्दा काठमाडौं, टोखावासी मक्ख परे। सँधैजसो टेलिभिजनमा देखिने तिनै कलाकार त्यो पनि भोट माग्दै आफ्नो घर-दैलोमा आइपुगेपछि टोखावासीलाई केहीबेर त पत्याउन पनि मुस्किल पर्‍यो। केही समय त कुनै सिनेमाको सुटिङ गर्न पो आएका हुन् की भनी अलमलमा पनि परे टोखावासी।

तर, कलाकारहरु कुनै सिनेमाको सुटिङ गर्न नभइ एमाले महासचिव एवं काठमाडौँ क्षेत्र नम्बर-५ का वाम गठबन्धनका तर्फका उम्मेद्वार ईश्वर पोख्रेलको पक्षमा भोट माग्न सांस्कृतिक नगरी टोखा पुगेका थिए। त्यो कुरा स्थानीयले जब बुझे उनीहरु थप उत्साहित मात्र भएनन् देशका चर्चित कलाकारहरु दिनेश डिसी, कोमल वली, निखिल उप्रेती लगायतसँग रहर पुगुन्जेल तस्बिर पनि खिचाए।

सुरुमा महासचिव पाखरेल कार्यकर्तासहित टोखावासीको घरदैलोमा बिहीबार बिहानै पुग्दा टोखावासी हस्याङ्फस्याङ् गर्दै स्वागतमा निस्किएका थिए। केहीबेरपछि पोखरेलकै निर्वाचन क्षेत्रका कलाकार दिनेश डिसी पनि टुप्लुक्क देखा परे। केही बेरमा चर्चित लोकगायिका कोमल वली पुगिन्। लगत्तै अभिनेता निखिल उप्रेती पनि त्यहाँ थपिएपछि टोखाको माहौलको रौनक नै अर्कै बन्यो। त्यसपछि कलाकारहरु पोखरेलको पक्षमा भोट माग्दै हिँडेपछि त्यहाँको माहोल थप रोचक बन्यो। अघिअघि महासचिव पोख्रेल अनि पछिपछि कलाकार र कार्यकर्ताको हुल करिब तीन घण्टा घरदैलो कार्यक्रममा हिडेपछि केही बेर भाषणको कार्यक्रम पनि भयो।

Image may contain: 9 people, people smiling, people standing and outdoor



सुरुमा मन्तव्य राखेका महासचिव पोख्रेलले कलाकारलाई छेउमै राखेर स्थायी सरकारका लागि वाम गठबन्धनलाई विजयी गराउन आग्रह गरे। उनले देशको समृद्धिका लागि वाम गठबन्धनको सरकार नै आवश्यक भएको पनि बताए। देश नै वाममय भएको भन्दै उनले राष्ट्रका गहना भनिने कलाकारहरुको समेत साथ पाउनु गौरवको विषय भएको बताए।

कार्यक्रममा बोल्दै कलाकार उप्रेतीले पोखरेल जस्तो उम्मेदवार पाउनु टोखावासीको गौरव भएको दाबी गरे। उनले दलहरु धरै भएको भन्दै देशको समृद्धिका लागि थोरै पार्टी चाहिएको बताए। लोक गायिका कोमल वलीले पनि देशको स्वाभिमानलाई आफ्नो दिलमा सजाएर राख्ने सु-संस्कृत र राष्ट्रिय पहुँच भएका पोखरेललाई विजयी बनाउन टोखावासीसँग आग्रह गरिन्। कलाकार डिसीले पनि पोख्रेलको पक्षमा भोट मागेका थिए। सो अवसरमा तीन दर्जन बढीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए।

Image may contain: 6 people, people smiling, people standing


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.