नुवाकोटमा नेता महतलाई लक्षित गरी बम विष्फोट, घाइतेको हेलिकोप्टरबाट उद्धार

नुवाकोटमा नेता महतलाई लक्षित गरी बम विष्फोट, घाइतेको हेलिकोप्टरबाट उद्धार

नुवाकोट : नेपाली कांग्रेसका नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार भएको छ। ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा शुक्रबार बिहान १० बजेतिर बम प्रहार भएको हो। चुनावी प्रचारमा प्रयोग गरिएको बा १६ च ६६५ को जीपमा पूर्णरुपमा क्षति पुगेको छ। महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार हुन्।

बम विष्फोट गराउनेको खोजबिन भइरहेको प्रहरीले जानकारी दिएको छ। विष्फोट कसले गराएको भन्ने पुष्टी भइनसकेको प्रहरीले जानकारी दिएको छ।

विष्फोटमा नेता महतलाई केही भएको छैन भने कांग्रेसका पाँच कार्यकर्ता गम्भीर घाइते भएका छन्। सदरमुकाम विदुरदेखि ५० किलोमिटर पूर्वमा भएको विष्फोटका तीन गम्भीर घाइतेको हेलिकोप्टरबाट उद्धार भएको छ। तीन जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। एम्बुस प्रहारबाट कांग्रेस कार्यकर्ता चढेको एउटा गाडी ध्वस्त भएको छ। डा. महत चढेको गाडीमा भने कुनै क्षति पुगेको छैन।

विष्फोटमा परी कांग्रेस कार्यर्ता उपेन्द्र मिश्र, भेषबहादुर तामाङ, सविन लामा, लीला घर्तीमगर, रामकुमार राई र रमेश राई घाइते भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए।

शुक्रबार बिहान सवा १० बजे भएको विष्फोटका घाइतेको चार घण्टापछि हेलिकप्टरमार्फत उद्धार भएको छ। घाइते भेषवहादुर तामाङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको छ भने उपेन्द्र मिश्र, रामकुमार राई र सविन लामाको ग्राण्डी अन्र्तराष्ट्रिय अस्पताल धापासीमा उपचार भइरहेको छ।

विष्फोटमा परी घाइते भएका लीला घर्तीमगर र रमेश राईको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। ककनी गाउँपालिका ५, डाँडागाउँ शिकारीचौरमा कच्ची सडकमा पुरेर राखिएको एम्वुस विष्फोट हुँदा बा १६ च ६६५ नम्बरको स्कोर्पियो गाडी पूर्ण रुपमा ध्वस्त भएको प्रजिअ बरालले बताए।

बम विष्फोट गराउनेको खोजी भइरहेको नुवाकोट प्रहरीले जानकारी दिएको छ। घटनालगत्तै सदरमुकाम विदुर र जिल्ला प्रहरी कार्यालय नुवाकोट प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्याल, प्रहरी नायव उपरीक्षक मधुकरजंग विष्टको नेतृत्वमा थप सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


Image may contain: 1 person, sitting

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.