एसीसी यू-१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित

एसीसी यू-१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित

एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलममा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको छ ।  अफगानिस्तानले नेपालले दिएको १०४ रनको लक्ष्य २०.३ ओभरमा ३ विकटको क्षतिमा पूरा गरी फाइलनमा प्रवेश गर्न सफल भयो। नेपालका लागि सन्दीप लामिछाने, कलम ऐरी र पवन सर्राफले एक–एक विकेट लिए । 

 क्वालालम्पुरको किनरारा ओभलमा भएको खेलमा अफगानिस्तानले टस जिती फिल्डिङ रोजेको थियो । पहिले व्याटिङ गरेको नेपालले २८ ओभरका अलआउट हुँदै १०३ रन बनाएको थियो  । नेपालका लागि अनिलकुमार शाहले ५० रन बनाउनु बाहेक अन्न व्याट्म्यान चल्न सकेनन् । समूह चरणमा भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कप्तान दिपेन्द्रसिंह ऐरी ६ रन बनाएर आउट भए । नेपालको इनिङ ध्वस्त बनाउँने क्रममा अफानिस्तानका मुजिब रहमान एक्लैले ६ विकेट लिए।

सन २०१२ देखि एसियाली क्रिकेट काउन्सिल (एसीसी)यू–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिता खेल्न थालेको नेपा ल पहिलो पटक सेमिफाइलनमा पुगेको हो

समूह चरणको पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित नेपालले डिफेन्डिङ च्याम्पियन भारतलाई १९ रनले हराई इतिहास रच्न सफल भएको थियो । मलेसियालाई ८ विकेटले हराई सेमिफाइलनमा पुगेको नेपाल चीरप्रतिद्वन्द्वी अफगानिस्तानसँग हार व्यहोर्दै फाइनल यात्रा तय गर्न असफल भयो ।

अफगानिस्तान पहिलो पटक युवा एसिया कपको फाइनलमा पुगेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशलाई हराउँदै पाकिस्तान फाइलनमा पुगेको छ । उपाधिका लागि आइतबार पाकिस्तान र अफगानिस्तान भिड्नेछन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.