विप्लवका विद्यार्थी नेता पक्राउ

विप्लवका विद्यार्थी नेता पक्राउ

विराटनगर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनविरुद्ध गतिविधि गरेको अभियोगमा मोरङको कानेपोखरीबाट विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी नेता पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पथरीको टोलीले अनेरास्ववियु क्रान्तिकारीका मोरङ अध्यक्ष कानेपोखरी गाउँपालिका ४ वयरवनका २१ वर्षीय फणिन्द्र राजवंशीलाई पक्राउ गरेको हो । मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार राजवंशीलाई कानेपोखरीको केरौनबाट पक्राउ गरिएको हो । उनी विरुद्ध प्रहरीले शुक्रबार सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाउन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

निर्वाचनका विरुद्धमा भित्ते लेखन गर्ने, मतदाता भड्काउने र तर्साउनेलगायतका गतिविधिमा संलग्न भएको अभियोगमा राजवंशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले एक साताको अवधिमा निर्वाचन विरोधी गतिविधि गरेको भन्दै राजवंशीसहित चारजना विप्लवका नेता कार्यकर्तालाई मोरङबाट पक्राउ गरिसकेको छ ।

एसपी बिसीका अनुसार पार्टीका केन्द्रीय सदस्य ताप्लेजुङ फोक्ताङ ९ का ४० वर्षीय सुमन लिम्बू र पार्टीका कोसी व्यूरो सदस्य मोरङको मिक्लाजुङ ८ का ४४ वर्षीय जितेन्द्र महरालाई पक्राउ गरिएको छ । उनीहरुलाई विराटनगर १० स्थित न्युरो अस्पतालबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लिम्बू केही दिनअघि दुर्घटनामा परेर घाइते भएपछि उपचारका लागि न्युरो अस्पतालमा भर्ना भएका थिए । उपचाररत अवस्थाका लिम्बूलाई भेट्न आएका महरा र उनलाई एकैसाथ प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै पार्टीका एरिया इन्चार्ज विराटनगर ६ का ६० वर्षीय कमलबहादुर खत्री (नेपाल) लाई पनि प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधी गरेको अभियोगमा प्रहरीले उनलाई घरैबाट पक्राउ गरेको हो । पक्राउ परेका विप्लव नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता विरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जानकारी एसपी बिसीले दिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.