संविधान संशोधन हुनेमा ढुक्क छु: प्रधानमन्त्री आबे

संविधान संशोधन हुनेमा ढुक्क छु: प्रधानमन्त्री आबे

टोकियोः जापानका प्रधानमन्त्री सिन्जो आबेले आफू जापानको संविधान संशोधन गर्न सक्ने कुरामा ढुक्क भएको बताएका छन्।

उनले गत महिना जापानमा भएको आम निर्वाचनमा करिब दुई तिहाई बहुमत हासिल गरेपछिको पहिलो नीतिगत विषयको सम्बोधनका क्रममा शुक्रबार सो प्रतिक्रिया दिएका हुन्।

उनले भने-निर्वाचनपछि आफूलाई संविधान संशोधनको जनमत नागरिकले दिएका छन् र त्यसैबमोजिम नै सबै कुरा राम्रो तरिकाबाटै अघि बढिरहेको छ, त्यसैले संविधान संशोधनको पक्षमा म चाहिँ ढुक्क छु।

गत अक्टोबर ११ मा भएको आम निर्वाचनमा प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्र्या्टिक पार्टी (एलडीपी) ले २ सय ८३ स्थानमा जित हासिल गरेको थियो। जापानको प्रतिनिधिसभा ४ सय ६५ सदस्यीय रहेको छ।

उनको सत्ता गठबन्धनमा रहेको अर्को दल कोमेइतो पार्टीले २९ स्थानमा जित हासिल गरेको छ। यसरी प्रधानमन्त्री आबेको सत्ताधारी गठबन्धनले ३ सय १२ स्थानमा विजय हासिल गरेको छ।

यो संख्या जापानको संसद्को दुई तिहाइ बहुमत हो। दोस्रो विश्वयुद्धपछि निर्माण भएका सरकारहरूको इतिहासमै आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता पनि बनेका छन्। सो निर्वाचनपछि उनी पुनः जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्।

जापानको कानुन सन् १९४७ मा अमेरिकाले निर्माण गरेको हो। जापान दोस्रो विश्वयुद्धमा तहसनहस भएपछि अमेरिकाले जापानको संविधान बनाइदिएको थियो।

त्यो संविधानमा जापानले युद्धगर्न नसक्ने गरी व्यवस्था गरिएको छ। यो नियमका कारण जापानी सेना युद्धगर्न सक्दैन। त्यसैले प्रधानमन्त्री आबेले यसलाई परिवर्तन गर्न चाहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.