ललितपुरमा राप्रपा र एमालेका नेता कांग्रेसमा प्रवेश

ललितपुरमा राप्रपा र एमालेका नेता कांग्रेसमा प्रवेश

ललितपुर: राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल ललितपुर क्षेत्र नं- १ का अध्यक्ष प्रकाशबहादुर खत्री नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कांग्रेसद्वारा आयोजित नव आगन्तुकलाई पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष खत्री विधिवत् रुपमा पार्टीमा प्रवेश गरेको बताइएको छ । खत्रीसमेत ४० जना राप्रपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नुभएको सो क्षेत्रमा कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अर्थराज्यमन्त्री उदयशम्शेर राणाले बताए। 

त्यस्तै गोदवारी नगर कार्यसमितिका नेकपा (एमाले) निकट युवा संघका नेता सुरेश थापामगरसहित २० जना कांग्रेसमा प्रवेश गरेको उनले बताए।

अर्थराज्यमन्त्री शम्शेरले संविधानको रक्षार्थ र कार्यान्वयनका लागि मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक रहेको बताउँदै संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि कांग्रेसको जित आवश्यक भएको धारणा व्यक्त गरे। 

कार्यक्रममा पार्टी प्रवेश गरेका राप्रपा नेता खत्रीले लोकतन्त्रको संस्थागत विकास र समृद्धिका लागि आफू काँग्रेसमा प्रवेश गरेको बताए। 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.