‘आक्रमण गणतन्त्र विरोधीलाई शक्ति'

‘आक्रमण गणतन्त्र विरोधीलाई शक्ति'

काठमाडौं : मंसिर १० र २१ मा हुने संघ र प्रदेशसभा चुनावका लागि दलका नेता तथा उम्मेदवार घरदैलोमा क्रियाशील छन्। घरदैलो तथा चुनावी सभामा सक्रिय उनीहरूलाई लक्ष्य गरी वम विस्फोटन गराउने तथा एम्बुस आक्रमणको निशानामा पार्ने घटनामा बढोत्तरी आइरहेको छ। निवर्तमान सभामुख ओनसरी घर्ती, पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा.रामशरण महत, पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वअर्थमन्त्री एवं माओवादी नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुन, पूर्वसञ्चारमन्त्री शेरधन राईलगायतमाथि भएको बम तथा एम्बुस आक्रमणलाई दलका नेताले गणतन्त्रविरोधी शक्तिलाई बल पुर्‍याउने खेलका रूपमा चित्रण गरेका छन्।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावविरोधी गतिविधि तीव्र पारेको छ। यद्यपि, यो पार्टीले अहिलेसम्म विस्फोटको औपचारिक जिम्मेवारी भने लिएको छैन। तर, घटनाको प्रकृति हेरेर सुरक्षा निकाय भने अचम्ममा परेका छन्। नुवाकोटका प्रदेशसभा उम्मेदवार रमेशकुमार महतका अनुसार चतुरालेको चुनावी सभालाई सम्बोधन गर्न महतसहितको टोली त्यसतर्फ जाँदै गर्दा काउलेथामा बम विस्फोट भएको थियो।

बिहीबार गोरखा-२ का वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठ सहभागी बैठकस्थलभन्दा १ किलोमिटर टाढा बम विस्फोट गराइएको तथ्य खुलेको छ। गोरखा नगरपालिका-११ सिर्दिखोला पुलमा युवती प्रयोग गरी बम विस्फोट गराइएको थियो। कात्तिक २८ मा म्याग्दीको बेनी नगरपालिका-१ अर्जममा मंगलबार कांग्रेसको प्रचार टोलीलाई लक्ष्य गरी विद्युतीय धराप विस्फोट गराइएको छ। अर्जम क्षेत्रमा घरदैलोमा जान लागेका कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजाको टोलीलाई लक्ष्य गरी विस्फोट गराइएको हो। कात्तिक २८ मा भोजपुर (ख) प्रदेशसभाका एमाले उम्मेदवार तथा पूर्वमन्त्री शेरधन राईलाई लक्ष्य गरी बम आक्रमण भयो।

चुनावी सभामा जाने क्रममा भएको आक्रमणमा राईका सुरक्षागार्ड असइ डिल्ली देवकोटाको बायाँ हातमा गम्भीर चोट लागेको थियो। कात्तिक २८ मा एमालेबाट संखुवासभामा संघका उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्ष्य गरी धुपुको डके देउरालीमा विद्युतीय धराप विस्फोट भएको थियो। कात्तिक २४ मा माओवादी नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्मा चढेको गाडीमा अज्ञात व्यक्तिले बम प्रहार गरे। चौरजहारी नगरपालिका-८ गोइरीमा उनको गाडीमा दुईवटा बम हानिएको थियो।

सरकारको हात : ओली

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनदेखि आत्तिएकाले सरकारले एमाले, माओवादी केन्द्रका उम्मेदवारमाथि हत्याको षड्यन्त्र गर्न थालेको आरोप लगाएका छन्। उनले शुक्रबार सञ्चारकर्मीसँग घटनामा सरकारको संलग्नता रहेको आशंका व्यक्त गरे। निवर्तमान सभामुख घर्तीले रोल्पाको मदौरे मन्दिरनजिक भएको घटना संविधान कार्यान्वयनलाई अवरुद्ध पार्न गरिएको षड्यन्त्र भएको दाबी गरेकी छन्। उनले अन्नपूर्णसँग भनिन्, ‘यस्ता घटनाले गणतन्त्रविरोधी शक्तिलाई नै बल पुर्‍याउने हुँदा राज्यले तत्काल सबै सुरक्षा अंग परिचालन गरी अपराधीलाई कानुनी दायरामा ल्याउनुपर्छ।'

कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री डा. रामशरण महतले मुलुकको शान्ति सुरक्षा कडा हुनुपर्ने माग गर्दै भने, ‘मैले चुनाव जित्ने देखेपछि आक्रमण गरिएको छ।'
राज्यले यो आतंक र हिंसालाई नियन्त्रणमा लिई शान्तिपूर्ण मतदानप्रति आमजनतालाई विश्वसनीय गराउन सक्नुपर्नेमा डा. महतले जोड दिए।
पूर्वसञ्चारमन्त्री शेरधन राईले हिंसात्मक घटनाले शान्तिपूर्ण मतदानमा कुनै बाधा नपर्ने प्रतिक्रिया दिए।
आफूमाथि भएको आक्रमण प्रयास राजनीतिक परिवर्तनका पक्षधर आमजनतामाथि भएको भन्दै सरकारले यस्ता घटना अविलम्ब रोक्नुपर्ने माग राईले गरे।

शुक्रबार - सभामुख ओनसरी घर्ती, नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुन-रोल्पाको भदौरे मन्दिर,
शुक्रबार -कांग्रेस नेता डा. रामशरण महत र प्रदेशसभा सदस्य रमेश महत -नुवाकोटको रानीपौवा
बिहीबार -माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ -गोरखा सिर्दिखोलाको पुलमा
कात्तिक २८ गते- कांग्रेसका नेता खम्बिर गर्बुजा -म्याग्दीको बेनी अर्जममा
कात्तिक २८ गते-मंगलबार भोजपुर (ख) प्रदेशसभाका एमाले उम्मेदवार शेरधन राई
कात्तिक २८ गते -एमाले नेता एवं संखुवासभामा प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र गौतम
कात्तिक २६ गते -माओवादी नेता वर्षमान पुन -रोल्पाको बाधमारातर्फ जाने क्रममा
कात्तिक २४ गते- माओवादी नेता जनार्दन शर्मा -चौरजहारीको गोइरीमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.