माझीसँग भोट माग्दै रेखा थापा

माझीसँग भोट माग्दै रेखा थापा

सिन्धुपाल्चोक : ‘विकास गर्ने र लोकतन्त्र जोगाउने उम्मेदवारलाई भोट दिनुस' सिन्धुपाल्चोकको माझी बस्ती पुगेकी नायिका रेखा थापाले मतदातासँग भनिन्, ‘तपाईको ठाउँको विकास गर्न र यहाँको आर्थिक समृद्धिको लागि लोकतान्त्रिक गठबन्धन जित्नु आबश्यक छ।' लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भोट माग्न बिहीबार नायिका थापा उम्मेदवारसँगै इन्द्रावती किनारको माझी बस्तीमा पुगेकी हुन्।

उनले माझी समुदायका मतदातालाई हात जोडेर लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भोट दिन आग्रह गरिन्। त्यहाँ पुग्दा चुनावी सभामा भन्दा पनि आकर्षणको केन्द्र थापा बनेकी थिइन्। विशेषगरी युवा पुस्ता उनीसँग आकर्शीत थियो। केटा केटी र किशोरीसँग सेल्फी खिच्दै थापाले भनिन्, ‘यसपटकको भोट हलो र रुखमा है।'

राप्रपा ( प्रजातान्त्रिक) का अध्यक्ष एवम सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार पशुपति शमसेर राणा र प्रदेशसभा सदस्य उम्मेदवार विकास तामाङसँगै आएकी उनले मतदातासँग राणाको गुणगान गाउन पनि भ्याइन्। ‘सिंहदरबारमै जन्मेका राणालाई त्यहाँ छिर्नका लागि होइन जनताको सेवा गर्नका लागि उम्मेदवार बन्नु परेको हो, उहाँलाई मन्त्री, प्रधानमन्त्री बन्ने भन्दा पनि यहाँको विकास गर्ने धोको छ', सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भनिन्, ‘४२ वर्षदेखि यस ठाउँको विकास गर्ने राणाको बिकल्प छैन, उहाँलाई जिताउनु यहाँका जनताको दायित्व हो।'

राजनीति नगरी शक्तिमा रहन सक्ने भएपनि राणाको सेवाभावले यहाँसम्म चुनाव लड्न आएको उनले बताइन्। चुनावी सभा र घरदैलोमा सहभागी थापाले माहौल राम्रो पाएकाले आफू उत्साही भएको बताएकी थिइन्। ‘यहाँ आएर राणाप्रतिको जनचाहना देखेपछि अझै बढि उत्साही भएको छु', राप्रपा प्रजातान्त्रिककी सहमहामन्त्री समेत रहेकी उनले थपिन्, ‘उहाँको जित अपरीहार्य छ, यसलाई जनताले पनि बुझेका छन्।' आफूले पनि यस क्षेत्रमा सामाजिक काम गरेको उल्लेख गर्दै थापाले यहाँका मतदाताले आफ्नो पार्टीलाई भोट दिने दाबी गरिन्। बिगतमा चुनाव जितेकाले कति काम गरे भन्ने मुल्यांकन गरेर लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई यहाँका नागरिकले जिताउने उनको भनाई थियो। अझै केही दिन यस क्षेत्रको चुनावी सभा र घरदैलोमा सहभागी हुने उनले बताइन्।

माझी गाउँको कार्यक्रम सकेर उम्मेदवारसँगै साँगाचोकको कार्यक्रममा सहभागी हुन पुगेकी थापालाई सेल्फी खिच्ने किसोर किसोरीले बाटोमै घेरा हालेका थिए। सेल्फी खिच्न आउने सबैलाई उनी हाँसेर स्वागत गर्थिन् र भन्थिन् ‘यस पटकको भोट हलो र रुखमा है।' चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘म लोकतन्त्र गठबन्धनलाई भोट माग्न आएको छु तपाईंहरुप्रति विश्वास छ मुलुक संकटमा जान बाट बचाउनको लागि हलो र रुखमा मतदान गर्नुहुनेछ।'

आफ्नो मेलम्चीमा जग्गा भएकाले आफूपनि यहींको बासिन्दा रहेको पनि मन्तव्यका क्रममा उल्लेख गरिन्। उनले विकासका लागि लोकतान्त्रिक गठबन्धनको बिकल्प नभएकाले आफू यस गठबन्धनलाई भोट माग्न आएको दाबी गरिन्।




प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.