समृद्धिको सपना पूरा गर्न वाम  सरकार : पाेखरेल

समृद्धिको सपना पूरा गर्न वाम  सरकार : पाेखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव एवं काठमाडौँ क्षेत्र नम्बर-५ का वाम गठबन्धनका उम्मेदवार इश्वर पोख्रेलले राजनीतिक लडाईँको कार्यभार समाप्त भएको भन्दै अब समृद्धिको दिशामा अघि बढ्ने बताएका छन्।

चुनावी सभाका क्रममा शनिबार बालुवाटारमा सम्वोधन गर्दै पोखरेलले आर्थिक संमृद्वि नै अबको बाटो भएको बताए। ‘हामी राजनीतिक लडाईँको अन्तिम अध्यायमा छौँ,' उनले भने,‘संविधान कार्यान्वयनपछि देशलाई समृद्धिको दिशामा कसरी अघि बढाउन सकिन्छ भनेर मात्र सोच्ने छौँ।'

उनले वाम गठबन्धन लहर र लहडका भरमा आएको नभई तीन करोड नेपालीको समृद्धिको सपना पूरा गर्ने उदेश्य बोकेर आएको पनि दाबी गरे। ‘अरुले सपना बाँढ्दै हिँडेका छन्,‘हामी तपाईँहरुका सपना पूरा गर्छौ। तपाईँहरु रोजगारीका एजेण्डा लिएर आउनुहोला। म ३ सय ६५ दिन नै तपाईँहरुको साथमा रहने छु' उनले भने।

उनले अब दैनिक दुई हजारको संख्यामा रोजगारीका लागि विदेश जाने परम्पराको समेत अन्त्य हुने दाबी गरे। ‘स्वदेशमा श्रम गर्ने वातावरण हामी निर्माण गर्छौ,' उनले भने,‘तपाईँहरु यही माटोमा सुन पलाउन सक्नुहुन्छ। यही उद्योग-कलकारखाना चलाउन सक्नुहुन्छ।' उनले वाम गठबन्धन देश बनाउने संकल्प लिएर अघि बढेको भन्दै युवाहरुलाई राष्ट्रको आवश्यकता अनुसार काम गर्न सुझाव दिए।

उनले अहिले जनताले फुट्न होइन जुट्न चाहेको भन्दै जनताको चाहना पनि यो सानो देशमा दुईवटा मात्र पार्टी होउन् भन्ने रहेको बताए। ‘हामी जनताको त्यहि चाहना पूरा गर्ने तयारीमा छौं, यो जे हुँदैछ, पार्टी एकताको कुरा मात्र होइन, जनता जोड्ने र देश विकासमा लैजाने प्रक्रिया हो।'उनले भने।

वाम एकताले पार्टीका नेता भन्दा धेरै जनता हौसिएको पनि दाबी गरे। उनले जनताको त्यही हौसलालाई दुईतिहाई बहुमतको सरकार बनाएर संम्भावनामा परिणत गर्ने पनि प्रतिवद्वता व्यक्त गरे।

कार्यक्रममा नेपाल लोकतान्त्रिक समूह बालुवाटार, हाँडीगाउँ युवा समूह र टुसाल युवा समूहका एक सय ७४ जना युवाले एमाले प्रवेश गरे। ती समूहबाट करुणसिंह ठकुरी, सञ्जिव थापा, विके नेपाली र सत्य रजकले नेतृत्व गरेका थिए। स्थानीय निर्वाचनमा राप्रपाको तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नम्बर-७ वडा अध्यक्ष बुद्धी श्रेष्ठ पनि एमाले प्रवेश गरे। उनीहरु सबैलाई महासचिव पोख्रेल र एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले टिका लगाएर स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.