'वामका नाममा कम्युनिष्टले एकदलीय शासन ल्याउन खोज्‍यो'

'वामका नाममा कम्युनिष्टले एकदलीय शासन ल्याउन खोज्‍यो'

दार्चुला: प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बाम गठबन्धनको नाममा लोकतन्त्रलाई षडयन्त्रपूर्व कमजोर पारेर एकदलीय शासन ल्याउन खोजेको आरोप लगाएका छन्। आसन्‍न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि पहिलो पटक हिमाली जिल्ला दार्चुला पुगेका प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बवधन गर्दै भने, ' बाम गठबन्धनको नाममा कम्‍युनिष्टहरुले प्रजातन्त्रलाई कमजोर पार्ने षडयन्त्र बन्‍दैछ, यसप्रति सम्पुर्ण लोकतन्त्रवादी शक्ति सचेत हुनु जरुरी छ।'

प्रधानमन्त्री देउवाले दार्चुला सदरमुकाम तथा मार्मा गाउँपालिकाको चुचुरोमा समेत सम्बोधन गर्दै आम दार्चुला बासीलाई लोकतन्त्र बलियो बनाउनका लागि कांग्रेसलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरे।

उनले बाम गठबन्धनकै कारण लामो सयमपछि देशमा प्राप्त भएको लोकतन्त्र गुम्ने खतरा बढेकाले आगामी मंसिर १० र २१ मा हुने निर्वाचनमा कांग्रेसलाई जिताउनुको विकल्प नभएको बताए। कांग्रेसले जिते मात्रै प्रजातन्त्र जीवित रहने भन्दै कांग्रेस हारे नागरिकहरुले स्वतन्त्रता समेत हनन हुने उनको भनाई थियो।

उनले नेपालको प्रजातान्त्रिक भविष्यका लागि यो अत्‍यन्तै महत्वपूर्ण चुनाव भएको बताउँदै प्रजातान्त्रिक शासन व्यवस्थाका लागि भए पनि भोट रुखमा हाल्‍नु जरुरी भएको बताए। उनले भने, 'यो चुनावमा कांग्रेसलाई जिताए मात्र देशमा आर्थिक समृद्धि हुनेछ।नत्र वाम गठबन्धनका नाममा कम्युनिस्टहरूले एकदलीय शासन ल्याउनेछ।'

प्रजातान्त्रिक मुलुकमा मात्रै सबैले बोल्न पाउने, पढ्न पाउने, लेख्न पाउनेलगायत अधिकार संरक्षण हुने भएकाले लोकतन्त्र पक्षधरको जित आवश्यक रहेको उनको दाबी गरे। 'वाम गठबन्धनले चुनाव जितेमा प्रजातन्त्र खतरामा पर्छ,' उनले भने, 'तर नेपालमा लोकतन्त्र पक्षधरको जित हुन्छ, लोकतन्त्र रहन्छ।'

देउवाले भने 'म तपाईंरूको क्षेत्रको मान्छे हुँ। म प्रधानमन्त्री भए तपाईंहरू मसँग झगडा गर्न सक्नु हुन्छ। मलाई गाली गर्न सक्न हुन्छ, जे कुरा पनि भेटेर भन्न पाउनु हुन्छ', 'तपाईंहरूले आफ्नै क्षेत्रको मान्छे भएकाले प्रधानमन्त्रीसँग जे पनि गर्न पाउनु भएको छ।'

आफू फेरि पनि प्रधानमन्त्री बन्ने संकेत गर्दै चुनावमा दार्चुलामा कांग्रेसलाइ जिताउन मतदातालाई आग्रह गरे। 'तपाईंहरूले मलाई र कांग्रेसलाई जिताए म अझैं प्रधानमन्त्री बन्छु', उनले भने, 'दार्चुलाका नेता बडुलाई मन्त्री बनाउछु, दार्चुला जिल्लाको विकास, जनताको समस्या समाधान गरेर समृद्ध राष्ट्र निर्माणका लागि फेरि यहाँका नेता बडु जीको नेतृत्वमा कांग्रेसले गरेको बताए।

यसै क्षेत्रमा पञ्चेश्वर जलविद्युत परियोजना अघि बढाउन काम भइसकेको छ,' देउवाले भने, 'अब यो आयोजनाले गति लिनेछ।' दार्चुलाको समग्र विकासका लागी महाकालीमा पक्की पुल र तिंकर सडक तीन वर्षभित्र पुरा हुने आश्वासन दिए। पक्कि पिलरका लागि वनर्वाचन समपन्न भई सके पछि आफै दार्चुलामा आएर शिलान्यास गर्ने पनि उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.