तनहुँमा रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार : गाडीमा सामान्य क्षति
तनहुँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानु नगरपालिकामा प्रेसर कुकर बम प्रहार भएको छ।
पौडेलमाथि तनहुँको भानु नगरपालिका १० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको हो। प्रमुख जिल्ला अधिकारी रितेशकुमार शाक्यका अनुसार अहिले स्थिति सामान्य भइसकेको छ। विष्फोट लगत्तै प्रहरीले विष्फोटमा संलग्न समूहको खोजी सुरु गरेको छ।
नेता पौडेल तनहुँको कालिमाटीबाट मानेचौका जाँदै गर्दा भानु नगरपालिकाको विष्फोटमा परेका हुन्। करिब ३ बजे पौडेललाई लक्षित गरी बम प्रहार भएको नेपाली कांग्रेसले जनाएको छ बम प्रहारबाट पौडेल सवार गाडीको सिसा फुटेको छ। विष्फोटले कुनै मानवीय क्षति भने भएको छैन।