गोरखा २ को भिडन्तमा नागरिक समाजको ‘इन्ट्री’

गोरखा २ को भिडन्तमा नागरिक समाजको ‘इन्ट्री’

काठमाडौं : राजनीतिक दलहरू चुनावमा होमिएका बेला नागरिक समाजका प्रतिनिधिहरूलाई पनि चुनावले छोएको छ। शनिबार नागरिक समाजका अगुवाहरूले प्रेस विज्ञप्ति निकालेर अप्रत्यक्ष रुपमा गोरखा २ मा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई भोट मागेका छन्।

श्रेष्ठका मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई 'अवसरवादका प्रतिनिधि' भएको आरोप लगाउँदै नागरिक समाजका ११ जना अगुवाहरूले गोरखाली मतदाताले 'अवसरवादीहरूलाई पहिचान गरी सही निर्णय गर्ने अपेक्षा गरेको' उल्लेख गरेका छन्। उनीहरूले श्रेष्ठको नाम नलिइकन डा. भट्टराईको विपक्षमा निर्णय गर्न मतदातालाई अपिल गरेका हुन्। 

विज्ञप्तिमा प्रा. पिताम्बर शर्मा, प्रा. कैलाशनाथ प्याकुरेल, डा. महेश मास्के, विमल निभा, मातृका पोखरेल, दीपेन्द्र क्षेत्री, हरि रोका, धनकुमारी सुनार, झलक सुवेदी, डा. शरद वन्त, सुदीप श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

'डा. बाबुराम भट्टराई मार्क्सवादी विचारधाराका पक्षधर मात्र नरहेका हैनन्, उनका पछिल्ला गैरराजनीतिक र सिद्धान्तहीन मन्तव्यहरूबाट उनी अवसरवादको प्रतिनिधिपात्र बन्न पुगेका छन् भन्ने हाम्रो ठम्याई हो', विज्ञप्तिमा उल्लेख छ, 'गोरखाका जनताले यसप्रकारका अवसरवादीहरूलाई पहिचान गरी सही निर्णय गर्ने हामीले अपेक्षा गरेका छौँ।'

अन्य निर्वाचन क्षेत्रमा पनि योग्य उम्मेदवारलाई विजयी बनाएर पैसा, शक्ति, कालाबजारिया र गुण्डाराजको चलखेललाई निरुत्साहित र निषेध गर्ने विश्वास उनीहरूले गरेका छन्। उनीहरूले चुनावपछि राजनीतिक अस्थिरताको अन्त्य हुने र अन्तर्राष्ट्रिय ऐक्यबद्धताका नयाँ आयामहरू उद्घाटित हुने विश्वास उनीहरूले गरेका छन्।

वाम गठबन्धनलाई उनीहरूले 'सकारात्मक र ऐतिहासिक कदम' भनेका छन्। वाम गठबन्धन निर्माण भएपछि लोकतान्त्रिक गठबन्धन बन्नु सकारात्मक परिघटना भए पनि त्यसलाई उनीहरूले 'वामपन्थी शक्तिहरू विरुद्धका वर्गीय शक्तिहरूको गठबन्धन भनेका छन्।  

पढ्नुस् विज्ञप्ति

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.