जिल्ला समन्वयन समिति सर्लाहीको प्रमुखमा राजपा-फोरम विजयी
मलंगवा : जिल्ला समन्वय समिति सर्लाहीको शनिबार भएको निर्वाचनमा नेपाली कांग्रेसका नन्दलाल महतोलाई दुई मतले पछि पार्दै राजपा फोरम गठबन्धनका मेथुर चौधरी विजयी भएका छन्।
४० मतदाता रहेको सर्लाहीमा चौधरीलाई २१ र महतोलाई १९ मत परेको थियो। त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रकी जमुना पराजुली ३५ मतका साथ विजयी भएकी छन्। पराजुलीका प्रतिस्पर्धी एमालेका हरेराम बस्नेतलाई ३ मत परेको थियो।
दलित वा अल्पसंख्यक सदस्यमा माओवादीका विद्यानन्द पण्डित २०, महिला सदस्यमा माओवादीकी आशा कुमारी खत्री ३६, राजपा फोरम गठबन्धनकी बलकेसिया देवी २२ र रामकुमारी देवी २० मत ल्याएर विजयी भएका छन्। अन्य सदस्यहरुमा राजपा फोरम गठबन्धनका राम दुलार राय २०, विनय कुमार राय १९ र कांग्रेसका विन्देश्वर राय १८ मत ल्याएर विजयी भएका छन्।
९ सदस्यीय कार्य समितिको निर्वाचनका लागि राजपा फोरम र माओवादीबीच तालमेल भएको थियो।