वाम गठबन्धनको चुनावी सभामा बम विष्फोट

वाम गठबन्धनको चुनावी सभामा बम विष्फोट

भोजपुर: उत्तरी साल्पासिलिछो गाउँपालिका वडा नं. २ कुलुङ्गमा वाम गठबन्धनको चुनावी सभामा छुट्टाछुट्टै स्थानमा बम विष्फोट भएको छ। सभामा प्रदेश नं. (क) का उम्मेद्वार राजेन्द्र राईले सम्बोधन गर्दै गर्दा कार्यक्रमस्थलको १ सय मिटर नजिकै बम विष्फोट भएको हो। बम विस्फोट भएपछि सभामा सहभागी हुन आएका नेता कार्यकर्ता तथा स्थानीयहरु केही बेर तितरवितर भएको थियो।

यसैबीच षडानन्द नगरपालिका वडा नं १३, तिनतले नजिकैको भीरथाप्लोमा बम विस्फोट हुँदा चुनावी सभा सकेर फर्कदै गरेका युवा संघका कार्यकर्ता विक्रम राई घाइते भएका छन्।विष्फोटमा परी दुई प्रहरी जवान पनि घाइते भएकाछन्। बाटोमा राखिएको टाइम बमबारे बुझ्न प्रहरी टोली खटेर गएको र भीड हटाउने क्रममा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए।

उनका अनुसार युवा संघका सचिवालय सदस्य ट्याम्के मैंयुङ्ग गाउँपालिका वडा नं. ७, दिप्साका विक्रम राईको टाउकोमा चोट लागेको छ भने घाइते प्रहरी सहायक निरीक्षक उमेश मेहता र प्रहरी निरीक्षक देवनारायण यादवलाई उपचारका लागि सदरमुकाम लगिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.