बम पड्काउनेलाई कडा कारबाही गर्न सरकारसँग कांग्रेसको माग

बम पड्काउनेलाई कडा कारबाही गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं : कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी बम विष्फोट भएकोप्रति आपत्ति जनाएको छ। पौडेललाई लक्षित गरी शनिबार दिउँसो तनहुँको भानु नगरपालिका-१० स्थित नेपाल डाँडा नजिक प्रेसर कुकर बम प्रहार गरेको भन्दै कांग्रेसले विज्ञप्तिमार्फत् कांग्रेसले आपत्ति जनाएको हो ।

तनहुँ क्षेत्र १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार पौडेल गोरखाको पालुङ्गटारको चुनावी सभालाई सम्बोधन गरी लम्जुङको वेशीशहरको आमसभालाई सम्बोधन गर्न जाने क्रममा पौडेल चढेको गाडीमा बम विष्फोट भएको थियो । दिउँसो ३ : १५ बजे भएको विष्फोटले पौडेलको गाडीमा सामान्य क्षति पुगेको छ । विष्फोटमा नेता पौडेलका सुरक्षाकर्मी घाइते भएका छन् ।

‘नेपाली कांग्रेस र लोकतन्त्रप्रतिको उर्लदो अपार जनलहरबाट अतालिएर दिनानुदिन नेपाली कांग्रेसका नेतालाई लक्षित गरी लोकतन्त्रलाई नै समाप्त पार्ने ढंगले आपराधिक मानसिकता बोकेका सुनियोजित समूहले बारम्बार यस प्रकारका आक्रमण गर्नु अत्यन्त दुःखद विषय हो’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘जुनसुकै समूहले यस्ता आपराधिक घटना घटाएको भएता पनि नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभेच्छुक, नेपाली कांग्रेसलाई अगाध माया गर्ने आम मतदाता यस घटनाबाट रत्तिभर विचलित हुनेछैनन् ।’

उसले बम विष्फोटको घटनाको भत्सना गर्दै घृणित कार्य भएको बताएको छ । ‘नेता पौडेलको नै हत्या गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ’, विज्ञप्तिमा थप भनिएको छ, ‘यस घटनाले लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ ।’

कांग्रेसले यस्ता घटना पुनः नदोहोरियोस भन्दै चेतावनी समेत दिएको छ । ‘यस प्रकारका आपराधिक घटनाहरु पुनः नदोहोर्‍याउन नेपाली कांग्रेस चेतावनी दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न व्यक्तिलाई तत्काल खोजी गरी कडा भन्दा कडा कारबाही गर्न र घाइतेको उचित उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.