हिमालयन शेर्पा फाइनलमा

हिमालयन शेर्पा फाइनलमा

काठमाडौं : यती हिमालयन शेर्पा क्लब प्रथम चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको गरेको छ । नैकापस्थित चन्द्रागिरि नगरपालिकाको खेलमैदानमा आइतबार भएको खेलमा हिमालयन शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १-० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा हिमालयन शेर्पाका त्रिदेव गुरुङले ५६औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो ।

गोलरक्षक अर्पण कार्कीले रिलिज गरेको लामो बललाई आर्मीका रक्षकबीच तालमेल नमिलेको अवस्थामा त्रिदेवले गोल गरेका थिए । उपाधिका लागि शेर्पाले मंगलबार एनआईबीएल फ्रेन्डस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फ्रेन्डस्ले शनिबार सीएमजी क्लब संकटालाई १-० गोलले नै पराजित गर्दै फाइनमा स्थान बनाएको थियो । आर्मीले सुरुदेखि नै गोलको मौका बनाए पनि सफल हुन सकेको थिएन ।

खेल सुरु भएको १०औं मिनेटमा एरिक विष्टको फ्रिकिकलाई हिमालयन शेर्पाका डिफेन्डरले क्लियर गर्दा आर्मी खेलमा अग्रता लिनबाट चुकेको थियो । २१औं मिनेटमा हिमालयन शेर्पाका पियुस हेनरी गोल गर्नबाट चुके । २५औं मिनेटमा हेनरीको पासमा त्रिदेवले गोल गर्न सकेन् । २६औं मिनेटमा आर्मीका एरिक विष्टको प्रहारलाई गोलरक्षक अर्पण कार्कीले मुस्किलले बचाएका थिए ।

यसैगरी ३६औं मिनेटमा नरेश मेचेको प्रहारलाई गोलरक्षक कार्कीले पन्च गर्दै विफल पारेका थिए । दोस्रो हाफको सुरुमै हिमालयन शेर्पाका पियुस हेनरी वान भर्सेस वानको स्थितिमा गोल गर्नबाट चुकेका थिए । ४९औं मिनेटमा हिमालयन शेर्पाका कप्तान मानबहादुर तामाङले वान भर्सेस वानको अर्को मौका गुमाए ।

७१औं मिनेटमा पियुस हेनरी गोल गर्न चुक्दा हिमालयन शेर्पाले अग्रता दोब्बर बनाउने मौका गुमायो । ८०औं मिनेटमा हिमालयन शेर्पाका कप्तान मानबहादुर तामाङले खाली पोस्टमा गोल गर्न सकेनन् । आर्मीले समेत दोस्रो हाफमा राम्रो मौका बनाए पनि गोल गर्न सकेन । उक्त खेलमा हिमालयन शेर्पाका सजित मोरान म्यान अफ दि म्याच घोषित भए । उनले तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

ब्राइट युथ क्लब नैकापको आयोजनामा नकआउटका आधारमा कात्तिक २८ गतेबाट जारी उक्त प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका सातवटा टोलीले भाग लिएका छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले पनि जनही ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.