महासचिव पोखरेललाई खेलाडीको समर्थन

महासचिव पोखरेललाई खेलाडीको समर्थन

काठमाडौं :  राष्ट्रिय खेलाडीहरुले नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेललाई आसन्न निर्वाचनमासमर्थन हुने प्रतिवद्धता व्यक्त गरेका छन्।
वाम गठवन्धनका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य तर्फका उम्मेदवार रहेका महासचिव पोखरेललाई नेपाली फुटवलका चर्चित डिफेन्डर राकेश श्रेष्ठ र स्ट्राइकर हरि खड्कासहित धापासीस्थित उनको निवासमा पुगेका खेलाडीहरुले निर्वाचनमा महासचिव पोखरेलले जित्नै पर्ने भन्दै शुभकामना दिएका थिए।

‘तपाई जस्तो वौद्धिक र देशकै नेतृत्व गर्ने सक्ने खुवी भएको नेताले यसपाली निर्वाचन जित्नु पर्छ भनेर हामीहरु तपाईलाई शुभकामना दिन घरमै आएका हौं', फुटवलका चर्चित डिफेन्डर राकेश श्रेष्ठले महासचिवसँगको भेटमा भने।

भेटमा खेलाडीहरुले महासचिव पोखरेललाई निर्वाचनमा विजय भएर खेलकुदको विकासमा लाग्नुपर्ने सुझाव दिएका थिए। ‘तपाई निर्वाचित भएपछि खेलकुदको विकास र खेलाडीहरुको हितमा काम गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं' उनले भने।

ती खेलाडी सबै महासचिव उम्मेदवार रहेको निर्वाचन क्षेत्र ५ अन्तर्गतको काठमाडौं महाननगरपालिका वडा नं. ५ टंगालका मतदाता हुन्। टंगालका व्यवसायी र स्थानीय अगुवासहित उनीहरुले महासचिवलाई भेटेका थिए।

महासचिव पोखरेलले खेलाडी राष्ट्रको एकतालाई जोड्ने माध्यम भएको भन्दै खेलकुदको विकासमा आफू सदैव लाग्ने बताए। उनले खेलक्षेत्रको विकासका निम्ति आफूलाई ठोस प्रस्ताव सहित निरन्तर सल्लाह र सुझाव दिन आग्रह गरे। महासचिवसँगको भेटपछि उत्साहित भएका खेलाडीहरुले उनलाई जिताउन एकतावद्ध भएर लाग्ने बताएका थिए। निर्वाचनमा महासचिवको विजयका निम्ति राष्ट्रिय कलाकारहरुदेखि चिकित्सकसम्मले अभियान सञ्चालन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.