विप्लवका जिल्ला इन्चार्ज सहित पाँच पक्राउ  

विप्लवका जिल्ला इन्चार्ज सहित पाँच पक्राउ  

उर्लाबारी : निर्वाचनविरोधी गतिविधी गरेको आरोपमा मोरङका विभिन्न ठाउँबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ५ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले पार्टीका मोरङ इन्चार्ज ओखलढुंगा भएका ३५ वर्षीय पुस्कर श्रेष्ठलाई पक्राउ गरेको छ। त्यस्तै पार्टीका क्षेत्रीय इन्चार्ज उर्लाबारी नगरपालिका २ का ४८ वर्षीय डिल्ली नेपाली, टाँडी जनसरकार प्रमुख मिक्लाजुङ गाउँपालिका ३ का ३७ वर्षीय जगत मगर,  उर्लाबारी ७ का ५३ वर्षीय प्रकाश घिमिरे र मिक्लाजुङ ३ का ६३ वर्षीय गोविन्द कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीका अनुसार निर्वाचनका विरुद्धमा भित्ते लेखन गर्ने, मतदाता भड्काउने र तर्साउने लगायतका गतिविधिमा संलग्न भएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका नेता कार्यकर्ताविरुद्ध सोमबार सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जानकारी एसपी बिसीले दिए ।

बिसीका अनुसार पक्राउ परेकाहरूसँग पार्टीका विभिन्न कागजपत्र, दस्तावेज, १८ लाख रुपैयाँको हिसाब किताब गरिएको कागज लगायत फेला पारिएको छ। १८ लाख रुपैयाँ हिसाव गरिएको कागज जिल्ला इन्चार्ज श्रेष्ठसंग फेला पारिएको उनले बताए। त्यो रकमका बारेमा पक्राउ परेकाले केही नखुलाए पनि प्रहरीले चन्दा संकलन गरेको हुन सक्ने अनुमान गरेको छ। प्रहरीले निर्वाचन विरोधी गतिविधिसँग विप्लवका नेता कार्यकर्ता चन्दा आतंकमा पनि संलग्न रहने गरेको बताएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन बिथोल्न खोज्ने जुनसुकै समूहलाई प्रकाउ गरी जेल हाल्न सोमबार निर्देशन दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.