'सुरक्षा चुस्त बनाऊ'

'सुरक्षा चुस्त बनाऊ'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावका लागि चुस्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।चुनाव प्रचारका लागि जिल्ला दौडाहाबाट सोमबार काठमाडौं फर्केका देउवाले बालुवाटारमा सोमबार चारवटै सुरक्षा निकायका प्रमुखलाई यस्तो निर्देशन दिएका हुन् ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले उम्मेदवार सुरक्षा, मतदाताको सुरक्षा, मतदान स्थलको सुरक्षा र मतपेटिकाको सुरक्षामा कुनै कमजोरी नहुनेतर्फ सचेत रहन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

चुनावका लागि चारैवटा सुरक्षा निकायले एकीकृत सुरक्षा योजनाअन्तर्गत रही प्रभावकारी ढंगले काम गर्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले चुनावविरुद्ध हुने गतिविधि नियन्त्रण गर्न निर्देशन दिएका थिए ।
चुनावी सुरक्षा चुस्त बनाउन सुरक्षा निकायलाई चाहिने सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेको देउवाले आश्वस्त पारेका थिए ।

बैठकमा सहभागीमा गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद दवाडीले बैठकमा सुरक्षा निकायका प्रमुखहरूले ब्रिफिङ गरेको बताए ।सोमबार दिनभरि चुनाव सुरक्षाबारे विभिन्न पक्षसँग सल्लाह र छलफल गरेका प्रधानमन्त्री देउवामाथि चुनावी सुरक्षा चुस्त बनाउन दबाब परेको छ ।

जिल्ला भ्रमण सकेर सोमबार बिहान धनगढीबाट काठमाडैाँ आएलगत्तै लाजिम्पाटस्थित पुष्पकमल दाहालको निवास पुगेका थिए । दाहालसँग पनि देउवाले चुनावी सुरक्षाबारे छलफल गरेका थिए ।
दाहाललाई सान्त्वना दिन लाजिम्पाट पुगेका देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला हिंसात्मक घटनाबारे जिज्ञासा राखेका थिए । देउवाले एमाले अध्यक्ष ओलीको प्रश्नको जवाफ तत्कालै दिएनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.