काभ्रेका उम्मेदवार भोट माग्न‌ काठमाडौंमा

काभ्रेका उम्मेदवार भोट माग्न‌ काठमाडौंमा

काठमाडौं : अधिकांश उम्मेदवारहरु आ–आफ्ना निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रम गरी भोट माग्न व्यस्त भइरहेका बेला काभ्रेका वाम गठबन्धनका उम्मेदवारहरु भोट माग्न काठमाडौंसम्म आइपुगे । सोमबार कोटेश्वरस्थित एक होटलमा जम्मा भएका वाम गठबन्धनका उम्मेदवारले काभ्रे जिल्लाबाट काठमाडौं आइ विभिन्न पेशा व्यवसाय गरिरहेका आफ्ना कार्यकर्ता, समर्थक, शुभचिन्तकको भेला गरी वाम गठबन्धनलाई जिताउने कार्यमा जुट्न आग्रह गरे ।

नेकपा एमाले काभ्रे–काठमाडौं सम्पर्क मञ्च र नेकपा माओवादी केन्द्र उपत्यका–काभ्रे संघीय जनसम्पर्क मञ्चको नाममा आयोजना गरिएको कार्यक्रममा काभ्रे वाम गठबन्धनका प्रत्यक्षतर्फका सबै र समानुपातिकतर्फका केही उम्मेदवारहरु उपस्थित थिए।

काभ्रेमा प्रतिनिधिसभाका दुई प्रदेशसभाका चारवटा निर्वाचन क्षेत्र रहेका छन् । जस मध्ये प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा गंगाबहादुर लामा उम्मेदवार रहेका छन् भने प्रदेशसभातर्फ ‘क’मा रत्न ढकाल र ‘ख’मा चन्द्र लामा उम्मेदवार रहेका छन् । त्यसैगरी क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ गोकूल बास्कोटा र प्रदेशसभातर्फ ‘क’मा लक्ष्मण लम्साल र ‘ख’मा बसुन्धरा हुमागाई वाम गठबन्धनका उम्मेवार रहेका छन्।

कार्यक्रममा सबै नेता तथा उम्मदवारले काभ्रेका प्रत्यक्षतर्फका सबै सीटमा वाम गठबन्धनको जित सुनिश्चत रहेको दावी गरे ।

प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार गंगाबहादुर लामाले काभ्रे जिल्लाका थुप्रै मतदाताहरु राजधानीमा रहेकाले तिनीहरुको मत वाम गठबन्धनको पक्षमा पार्नका लागि उपत्यकामा रहेका एमाले माओवादी दुवै पार्टीका अगुवा कार्यकर्ता परिचालन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बताए । काभ्रेमा वाम गठबन्धनलाई हार्ने छुट नभएको भन्दै गठबन्धनका सबै उम्मेदवारको जित सुनिश्चत भएको र कति मतान्तरले जित्ने भन्ने मात्रै रहेको लामाले दावी गरे ।

क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार गोकूल बास्कोटाले निर्वाचन जित्नका लागि काठमाडौंमा रहेका मतदाता र उनीहरुले मतदान गर्न जाँदा गाउँमा लाने सन्देश निर्णायक हुने भएकाले काठमाडौंमा कार्यक्रम आयोजना गरिएको बताए । दुई पार्टीको तालमेललाई प्रभावकारी बनाउँन पनि दुबै पार्टीका अगुवा कार्यकर्ताको जमघट गराएको स्पष्ट पारे । चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ ? भन्ने प्रश्नमा बास्कोटाले भने, ‘भन्न त चुनावमा उठ्ने सबैले जित्छु भन्छन्, एक्लै हुँदा त जितिन्छ भन्ने नै थियो, अब दुई पार्टी एक भएपछि त जितिन्छ की जितिदैन भनेर प्रश्न गर्नु आवश्यक छैन’।

कार्यक्रममा उपस्थित अधिकांश नेताहरुले काभ्रेमा वाम गठबन्धनको जित सुनिश्चित नै भएको र आफूहरुको थप खटाई दुईतिहाइ मत पु¥याउनका लागि मात्रै भएको दावी गरे ।

काभ्रेमा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुँदैछ । काभ्रे जिल्लामा एमाले माओवादीको वाम गठबन्धन र नेपाली कांग्रेस, राप्रपासहितको लोकतान्त्रिक गठबन्धनबीच नै तीब्र प्रतिस्पर्धा हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.