दीक्षान्तमा दंग

दीक्षान्तमा दंग

काभ्रे: पत्नी मायालाई लिएर काभ्रे चौकोट पुगेका महेन्द्र पाण्डे मख्ख देखिन्थे । सोमबार काठमाडौंं विश्वविद्यालयको २३औं दीक्षान्त समारोहमा ‘ह्याट' र ‘सुट'मा सजिएका दुई छोरा अनिल र सुनिललाई हेरेर उनीहरू मुस्कुराइरहेका थिए ।

नेपाल आर्मीको हवल्दारबाट अवकाश लिएका पाण्डेको चाहना छोराहरू ‘स्टेथेस्कोप' लिएर गाउँगाउँमा सेवा गर्न जाउन् भन्ने छ । ‘छोराहरूले देशको सेवा गरुन् भन्ने इच्छा छ । पैसा कमाउन् भन्ने उद्देश्य छैन । नाम र इज्जत कमाउन् भन्ने चाहना छ', उनले भने ।

अभिभावकसँग टाढिएर भरतपुरमा साढे पाँच वर्ष बिताउँदा आत्तिएकी अञ्जली दत्त पनि मिहिनेतको फल पाउँदा दंग देखिन्थिन् । ‘घरपरिवारबाट टाढा रहेर गरेको मिहिनेत मीठो फलमा बदलिएको छ । एकदम खुसी छु', सुनसरीकी दत्त भन्छिन्, ‘गृहजिल्लातिरै गएर बिरामीको सेवा गर्ने सोच बनाएकी छु ।' अञ्जलीजस्तै चिकित्साका विद्यार्थी दीक्षान्त समारोहमा अभिभावकका साथ मख्ख देखिन्थे । इटहरीकी शान्ति जिमी पनि नर्सिङमा स्नातक पूरा गरेको अवसरमा सेल्फी लिन व्यस्त थिइन् । नेपालमै बसेर बिरामीको हेरचाह गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ ।

विद्यार्थीको शैक्षिक पर्व मानिने दीक्षान्त समारोहमा रमाइरहेका बेला नेपाल मेडिकल काउन्सिलकी सदस्य एवं काठमाडौं मेडिकल कलेजकी प्रिन्सिपल डा. चन्दा कार्की पनि दंग थिइन् । ‘साढे पाँच वर्षमा लाखौं लगानी भएको हुन्छ । किसानले मंसिरमा धान भिœयाउँदा पाएको खुसीजस्तै हो, यतिबेला विद्यार्थीका लागि', उनले भनिन् । नाम, दाम पर्याप्त हुने भएकाले चिकित्सा पेसामा आकर्षण बढिरहेको उनको भनाइ छ । तर, सेवा भावनालाई आत्मसात् गर्दै यो पेसाको संवेदनशीलतालाई बुझेर लाग्न उनी सुझाव दिन्छिन् ।

नेपालमा अध्ययन गरी विदेशमा गएर सेवा गर्नेहरूको संख्या पनि उत्तिकै छ । चितवनमा पढेकी काठमाडौं, दक्षिणकालीकी सविना गिरी एक वर्षको अनुभव लिएर विदेश जाने सोचमा छिन् । भन्छिन्, ‘केही अनुभव लिएर जाँदा सजिलो हुन्छ ।' काठमाडौं विश्वविद्यालयको २३औं दीक्षान्त समारोहमा यो वर्ष एमडी, एमएस गरेका ६ जना, एमबीबीएस गरेका ५१ जना, बिडिएस गरेका २७ जना दीक्षित भएका छन् । त्यस्तै, बीएस्सी नर्सिङका ३०, ब्याचलर इन नर्सिङ साइन्सका २७ र ब्याचलर इन फिजियोथेरापीका १९ जना दीक्षित भए ।


ड्रोनबाट क्लिक क्लिक
दीक्षान्त परिसरमा मोबाइल र डीएसएलआर क्यामेरामा डाक्टरले तस्बिर लिइरहँदा इन्जिनियरिङका विद्यार्थी भने ड्रोन क्यामेरा चलाएर दीक्षान्त समारोहको सामूहिक तस्बिर लिन व्यस्त थिए । काभ्रे, पनौतीका संघर्ष थापाको नेतृत्वमा तीन जनाले दिनभर ड्रोन उडाउँदै तस्बिर लिइरहेका थिए । काठमाडौं विश्वविद्यालयको सिभिल जियोमेट्रिक विभागमा शिक्षण सहायकका रूपमा कार्यरत थापाले यूएभीबाट तस्बिर लिएको बताए । रिमोट कन्ट्रोलबाट आकाशमा उडाउँदै उनीहरूले झन्डै दुई घन्टासम्म तस्बिर लिएका थिए ।

समारोहका मुख्य आकर्षण कैद गरिएको उल्लेख गर्दै थापाले भने, ‘क्लिप्सहरू लिएका छौं । एक घन्टाको भिडियो बनाउन सकिन्छ ।' उनलाई कैलालीका मोहन देउवा र बैतडीका नवीनराज भट्टले सहयोग गरेका थिए । काठमाडौं विश्वविद्यालयका प्राध्यापक रमेश मास्केका अनुसार दीक्षान्त समारोहमा सुरक्षा निकायबाट अनुमति लिएर पहिलो पटक ड्रोन उडाइएको हो । इन्जिनियरिङको दीक्षान्त समारोहमा पनि ड्रोन प्रयोग गर्ने योजना रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.