राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

राज्यमन्त्री खड्काको घरमा बम विस्फोट

बागलुङ : सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको बागलुङ बजारस्थित घरमा बम विस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेकी खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चो स्थित निवासमा गएराति करिब पौने ११ बजेको समयमा बम विस्फोट भएको हो ।

विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति भने भएको छैन । निर्वाचनको संघरमा गरिएको बम विष्फोटन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ । यद्यपी यसको पुष्टी भने भएको छैन । राज्यमन्त्री खड्का सोमबारको चुनावी अभियान,सकेर राति मात्रै घर आएकी थिइन् । उनको घरमा नियमित रुपमा प्रहरी सुरक्षाका लागि खटिए पनि कसरी बम विस्फोट भने भन्ने प्रश्न समेत उठेको छ । यसबारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।

विस्फोटपछि राज्यमन्त्री खड्काले लोकतन्त्रको रक्षा र महिला अधिकारको लडाइ बम आतंकले नरोकिने बताइन् । गत कात्तिक ३० गते गल्कोटको हटियामा भएको बामगठबन्धनको आमसभा स्थल नजिकै पनि बम विस्फेट गराइएको थियो भने बडीगाड गाउँपालिका-५ नुवारमामा वडा सदस्यको निवास नजिकै सुतली बम फेला परेको थियो ।

बागलुङ जिल्लामा निर्वाचनलाई लक्षित गरी अहिलेसम्म दुईवटा बम विस्फोट भए भने एउटा बम नपड्केको अवस्थामा फेला परेको थियो।

 

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.